गाउँपालिका अध्यक्ष ८ लाख घुससहित पक्राउ, भिडियाे सहित

गोरखा संसार,
माघ १०, जाजरकोट ।
जाजरकोट जिल्लाको जुनीदेवी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर के.सी. ८ लाख घुससहित समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष के.सी. लाई शुक्रबार सुर्खेतबाट रंगेहात पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको श्रोतले जनाएको छ ।
गाउँपालिकामा कर्मचारी राख्नेदेखि बिकास निर्माणका हरेक काममा अध्यक्षले घुस लिंदै आइरहेको स्थानीयहरुको गुनासो रहेको समेत एकजना स्थानीयले नाम नबताउने शर्तमा जानकारी दिएका छन् । उनका अनुसार पालिकाको हरेक काममा अनियमितता भएको छ, कर्मचारी भर्ना गर्न पनि पालिकामा नगरी सुर्खेतमै बसेर काम मिलाउने गरिएको छ ।

Back to top button