
कविराज ढकाल , काठमाडौं नेपाल
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् |
यसै सन्दर्भमा लोक दोहोरीका अव्वल गायिका रुपमा परिचित गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको निकै मार्मिक गित “जाने वेलैमा” भखर्रै बजारमा रिलिज भएको छ | लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई अझैं बढि दर्शकश्रोताले रुचउछन् ।
लोक तथा दोहोरी गायिका पछिल्लो समयकि व्यस्त गायिका शान्तिश्री परियार र गायक लक्ष्मण सुनारको सुमधुर स्वरमा एवम् नन्दु परियारको उत्कृष्ट शब्द सृर्जना एवम् रचनामा उक्त गित “जाने बेलैमा”मा सजिएको छ | भने उक्त गीतमा पनि माया र प्रेमको विषयलाई बैदेशिक यात्राको क्रममा दर्शाईएको छ |
गित
जाने वेलैमा तिमि रुदै रेलैमा म रुदै रेलैमा
केटा :- जाने भेला भईसक्यो मेरो
नपार न प्रियारी अफ्ठ्यारो
केटी :- नजानु त भनुला क्यारी
पर्खि बस्छु हजुरकि पियारी
उक्त गित अडियो मात्रै उत्कृष्ट नभई भिडियो पनि निकै उत्कृष्ट सिनहरुले भरिएको छ | गोरखपुर गुल्मि लगातय निकै लोकप्रिय र उत्कृष्ट सिनहरुले गितको भिडियो भरिएको छ | उक्त गितलाई नन्दु परियारले निकै फरक तरिकाले निर्देशन गरेका छन् भने पछिल्लो समयमा निर्देशन एवम् अभिनयमा अव्वल रहेका मोडेल विनोद भण्डारि र दिव्यानि ओलिको मार्मिक अभिनय रहेको छ भने समस्तमा गित पनि निकै उत्कृष्ट रहेको छ |
उक्त गीतलाई Prithci Entertainment को अफिसियल युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।
भिडियो हेर्न तलको LINK खिच्नुहोस्
https://youtu.be/3zY1rIUf3-c
गितले सबैको मन जितोस् शुभकामना