पालुङ्टार ७ मा प्रथम वडा कप शुरु, पहिलो दिन २ खेल सम्पन्न

गोरखा संसार
माघ २, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं.७ मा रहेको च्याङलीमा प्रथम वडा कप फुुटबल प्रतियोगिता शुरु भएको छ । उदघाटनकै दिन –माघ २ गते) बर्षाका बाबजुद पनि २ खेल सम्पन्न भएका छन् । आयोजक च्याङ्ली स्पोट क्लब र माझीगाउँ युवा क्लब बीच भएको खेलमा २ — ० गोल अन्तरले च्याङ्ली स्पोट क्लब विजयी भएको छ । त्यस्तै दोस्रो खेल खत्रीटार युवा क्लब र खाल्टेधारापानी युवा क्लब बीच भएको खेलमा ४ — ० गोल अन्तरले खत्रीटार युवा क्लब बिजयी भएको छ । वडा नं. ७ कार्यालयबाट खेल क्षेत्रमा विनियोजित बजेटबाट खेल सञ्चालन गरिएको खेलको उदघाटन वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा खेलको उदघाटन गर्दै वडाध्यक्ष श्रेष्ठले युवा तथा खेलाडीहरुलाई सदैव आफूले सहयोग गर्ने बताउनुभयो । च्याङ्ली स्पोर्ट क्लबका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा क्लबका कोषाध्यक्ष शुशीला श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो । जसमा क्लबका उपाध्यक्ष विपिन केसीले खेलका नियमहरुको बारेमा जानकारी दिनुभएको सो कार्यक्रमको सञ्चालन सरोज कुमार श्रेष्ठले गर्नुभएको थियो ।
सो फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद रु. २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो हुनेले नगद रु. १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने साथै उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभएको छ । माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने सो खेलमा वडाभित्र रहेको विभिन्न टोलहरुबाट १३ टिमको सहभागी भएको क्लबले जनाएको छ । खेल नक आउट सिस्टमबाट खेलाइएको छ ।

Back to top button
Close