पालुङ्टार ७ मा प्रथम वडा कप हुँदै

गोरखा संसार
पौैष २६, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं.७ मा रहेको च्याङलीमा प्रथम वडा कप फुुटबल प्रतियोगिता हुने भएको छ । वडा नं. ७ कार्यालयबाट खेल क्षेत्रमा विनियोजित बजेटबाट कार्यक्रम गर्न लागिएको हो । च्याङ्ली स्पोर्ट क्लबले सञ्चालन गर्ने सो फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद रु. २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो हुनेले नगद रु. १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने साथै उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभएको छ । माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने सो खेलमा वडाभित्र रहेको विभिन्न टोलहरुबाट मात्र खेलाडी सहभागी गराइने पनि क्लबले जनाएको छ । नक आउट सिस्टमबाट खेलाइने सो खेलमा सहभागी हुनको लागी माघ १ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने र टिम दर्ताको लागी रु. १हजार प्लस ५ सय लाग्ने जनाइएको छ ।

Back to top button