कालिका सामुदायिक बनको बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ

गोरखा संसार
पौैष २६, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं.७ मा रहेको कालिका सामुदायिक बनको साधारण सभा सम्पन्न भएको छ । बनका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले प्रमुख अतिथिको रुपमा बोल्नुभएको थियो ।
समितिका उपाध्यक्ष रण बहादुर कुमाल ले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममाा  नगर महासंघका प्रतिनिधीका उपाध्यक्ष जनक भट्ट,बल्थङ्ग सा. व. का अध्यक्ष बेद प्र अधिकार ,उपभोक्त ्सदस्यको तर्फबाट भुपु उपाध्यक्ष सरस्वती ढकाल साथै सल्लाहाकार समितिका सम्योजक भोज ब गुरुङ लगायतले……….. लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै गरी साधारण सभाले पुनः गणेशलाल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको समेत गठन गरेको छ । जसको उपाध्यक्षमा जसको उपाध्यक्षमा रण ब कुमाल, सचिव रमेशकुमार श्रेष्ठ,कोषाध्ययक्षमा चिजा पाण्डे सह-सचिवमा सबिता पोख्रेल र सदस्यहरुमा आनन्दराज सिलवाल, बुद्धि ब सुनुवार, फुलमाया अधिकारी, चिज कुमार कुमाल, राजु कुमाल, सुनिता श्रेष्ठ, रत्न कुमार श्रेष्ठ, र प्रमिला कुमाल रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker