प्रभावकारी वन्दै निशुल्क सुगर परिक्षण

गोरखा संसार
पौैष २६, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं.७ मा रहेको च्याङली स्वास्थ्य चौकी ले वडा नं. ७ का टोेलविकास संस्थाको बैठकमा पुगी निशुल्क रुपमा रगतबाट सुगर परीक्षण गर्ने कार्य प्रभावकारी बन्दै गएको छ । वडा नं. ७ भित्र रहेका सम्पूर्ण टोल विकास संस्थाको बैठक भएको दिन बैठकस्थलमै पुगेर सुगरपरीक्षण गरिदिँदा वडाबासीहरु खुसी भएका छन् ।
गाउँबेसी टोलविकास संस्थाकोे बैठकमा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले ७२ जनामा गरेकोमा ९ जनालाई थप परीक्षणको लागी स्वास्थ्य संस्थामा रिफर गरिएको इन्चार्ज भरतराज पाण्डेले बताउनुभयो ।
समुदायमा रहेका नागरिकहरुमा सुगरको समस्या रहन सक्ने भएकाले समयमै यसको पहिचान गरी उचित जानकारी दिने उदेश्यका साथ सञ्चालन गरिएको सुगर परीक्षण पौष १ गतेदेखि शुरु गरिएको थियो । समयमै सुगरको पहिचान गरी व्यक्तिहरुलाई खानपान तथा आनी बानीमा ध्यान दिनुपर्ने, नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्ने, दिर्घ रोग तथा नसर्ने रोगको बारेमा बेलैमा सचेत रहनु पर्ने भएका कारण स्वास्थ्य शिक्षा आवश्यक रहेको पनि इन्चार्ज पाण्डेले बताउनुभयो ।

Back to top button