प्रथम खत्रीटार कपकाे उपाधी च्याङली स्पाेर्टस क्लबकाे पाेल्टामा

माघ २८, गाेरखा । गोर्खाको पालुङटार नगरपालिका स्याङ्लीस्थित खत्रीटार युवा क्लबको आयोजनामा सञ्चालित प्रथम खत्रीटार कपकाे स्याङ्ली स्पोर्ट्स क्लब ए ले जितेको छ । आज भएको फाइनल खेलमा च्याङली स्पोर्ट्स क्लब ए ले च्याङली स्पोर्ट्स क्लब बी लाई ३ – ० गोल अन्तरले पछि पार्दै उपाधी हात पारेकाे हाे । खेलमा सञ्चय श्रेष्ठ नवीन कुमार र निरज मगरले एक एक गोल गरेका थिए । हिजो (२७ गते) सम्पन्न भएको सेमिफाइनल खेलमा मर्स्याङ्गदी युवा क्लब हवाई ग्राउन्डलाई १ – ० गोल अन्तरले पछि पार्दै च्याङली स्पोर्ट्स क्लबले फाइनल खेलकाे यात्रा तय गरेकाे थियाे । त्यस्तै च्याङ्ली स्पोर्ट्स क्लब बि ले भने लामाटरी युवा क्लबलाई १ – ० गोल अन्तरले हराउँदै फाइनल खेलमा पुगेको थियो । माघ २४ गतेदेखि खत्रीटार खेलमैदानमा सुरु भएको प्रथम खत्रीटार कप सेवेन ए साइड फुटबल प्रतियोगितामा पालुङ्टार नगरपालिकाभित्रका १९ टिमको सहभागिता रहेकाे थियाे । जसमा वडा नम्बर ७ बाट मात्रै ८ वटा टिमको सहभागिता रहेको थियाे । प्रतियोगितामा प्रथम हुने च्याङली स्पोर्ट्स क्लब ए ले समूहले नगद रु ३० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गरेकाे छ भने दोस्रो हुने च्याङली स्पोर्ट्स क्लब बी ले नगद रु १५,०००, प्रमाणपत्र र ट्रफी प्राप्त गरेकाे छ । बिधागत पुरस्कार तर्फ भने सर्वाधिक गोलकर्ताको पुरस्कार सञ्जय श्रेष्ठले प्राप्त गरेका थिए। जसले खेल अवधिभरमा चार गोल गरेका थिए । Best player of the Tournament काे उपाधीस्वरूप निरज मगरलाई गाेल्डेन बुट प्रदान गरिएकोमा उत्कृष्ट डिफेन्डरमा बिलिभ कुमाल र उत्कृष्ट गोल रक्षकमा सुरेन्द्र क्षेत्रीलाई पुरस्कृत गरिएकाे थियाे । खत्रीटार युवा क्लबका अध्यक्ष रामेश्वर केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा पालुङटार नगरपालिकाका पूर्व नगरप्रमुख इन्जिनियर दिपक बाबु कँडेलले प्रमुख अतिथिको रूपमा खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker