पोखरा विश्वविद्यालयका विद्यार्थीहरू द्वारा धादिङमा बृहत जिल्ला स्वास्थ्य व्यवस्थापन फिल्ड अभ्यास सम्पन्न

समुन्द्र लगुन, यसै २०८० माघ २४ गते पोखरा विश्वविद्यालय जनस्वास्थ्य स्नातक तह चौथो वर्षमा अध्ययनरत १२ औँ ब्याचकाे विद्यार्थीहरूको १ समूह (समूह घ)ले धादिङ जिल्लाको स्वास्थ्य प्रणालीमा रही बृहत जिल्ला स्वास्थ्य व्यवस्थापन फिल्ड अभ्यास सम्पन्न गरी फर्किएका छन् ।

उक्त उक्त १० सदस्य समूहलाई समुद्र लगुनले नेतृत्व गर्नुभएको थियो । पुष २४ गते देखि सुरु भएको उक्त १ महिने फिल्ड अभ्यासमा समुहले धादिङ जिल्ला जिल्लास्थित स्वास्थ्य कार्यालय मा रही स्वास्थ्य प्रणाली तथा व्यवस्थापनको अध्ययन, जिल्लाका स्वास्थ्य सूचकहरूको विश्लेषणका साथै जिल्लास्थित विभिन्न पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, अस्पताल, जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र, लगायतका स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सरकारी गैर सरकारी तथा सामुदायिक संघ संस्थाहरुः धादिङ प्लस, प्रयास नेपाल, शान्ति नेपाल, नेपाल रेडक्रस सोसाईटी धादिङ, एक्सन नेपाल, सामुदायिक आँखा केन्द्र, लगायतका संघ संस्थाहरुमा त्यहाँका व्यवस्थापन प्रणाली तथा स्वास्थ्य सेवाहरु मा अध्ययन गरेको थियो । साथै उक्त अवधिमा समूहले सूक्ष्म कार्य परियोजना अन्तर्गत जिल्लास्थित स्वास्थ्य कार्यालयको औषधि भण्डारण व्यवस्थापन का साथै आईईसी बीसीसी कर्नरलाई पनि व्यवस्थित गरेका थिए ।

फिल्ड अभ्यास माघ २४ गते अन्तिम प्रस्तुतीकरण सहित समापन भएको थियो । समापन कार्यक्रम धादिङ जिल्ला स्थित स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत श्विभु कुमार झा काे अध्यक्षतामा गरिएको थियो । साथै उक्त कार्यक्रममा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सका निर्देशक.विमला भट्टले प्रमुख आतिथ्यता जनाउनु भएको थियो । धादिङ जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुरेन्द्र भट्टले विशेष आतिथ्यता जनाउनु भएको थियो । साथै निलक्कण्ठ नगरपालिका स्वास्थ्य शाखा प्रमुख ब. जनस्वास्थ्य अधिकृत बिस्णु रिजाल, जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र का प्रमुख डा. अमुल्य दहाल, सामुदायिक आँखा केन्द्रका प्रमुख सुवर्ण ताम्राकार, स्वास्थ्य कार्यालय का विभिन्न शाखाका अधिकृत तथा पदाधिकारीहरु को आतिथ्यता रहेको थियो ।

कार्यक्रममा समूहका टिम लिडर समुन्द्र लगुन लगायत अस्मिता रानभाट, प्रकृति रेग्मी, सदिक्षा भण्डारी, दिभ्या देवकोटा, सामना मरासीनी, सुजता कडेल, सगुन कुमाल, प्रेक्षा धामी, अर्चना सापकोटाले तत्थ्यांक विवरण बाट खोज गरेर प्राप्त भएका मुख्य विवरणकाे विश्लेषणात्मक प्रस्तुति.गरेका थिए । साथै समूहले उक्त कार्यक्रममा टि.बी. मुक्त धादिङको परिकल्पनामा रही तयार पारेको पञ्चवर्षीय योजना समेत प्रस्तुत गरेका थिए । फिल्ड अभ्यासको क्रममा स्स्वास्थ्य कार्यालय प्रमुख तथा पदाधिकारीहरु, विभिन्न स्वास्थ्यसँग सम्बन्धित सरकारी, गैरसरकारी तथा सामुदायिक संघसंस्थाका व्यक्तित्वहरु साथै धादिङ जिल्लाका जनसमुदाय बाट निकै राम्रो साथ सहयोग, हौसला प्राप्त भएको टीम लिडर ले बताउनुभयो ।

साथै कार्यक्रममा अध्यक्ष लगाएत उपस्थित अतिथिहरुले विद्यार्थीहरुले गरेको फिल्ड अभ्यासका क्रियाकलाप तथा प्रस्तुति निकै मेहनत र अनुशासनका साथ गरेकाे उद्धृत गर्दै सुझावमुलक मन्तव्य पनि प्रस्तुत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker