Trending

प्रथम खत्रीटार कप प्रतियोगितामा आज ६ खेल सम्पन्न

गोर्खाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ मा सञ्चालित प्रथम पालुङटार नगरस्तरीय प्रथम खत्री कप सेभेन ए साइड फुटबल प्रतियोगितामा आज ६ खेल सम्पन्न भएका छन्। आज भएको पहिलो खेलमा ग्रीनलाइट युवा क्लब पालुङ्टार ९ र पालुङटार जुनियर क्लब पालुङटार ४ बिच भएको खेलमा २ – १ गोल अन्तरले पालुङटार जुनियर युवा क्लब विजयी भएको थियो। त्यस्तैगरी पालुङटार वडा नं ७ को खत्रीटार युवा क्लब र पुर्णेपिपल युवा क्लब बीच भएको दोस्रो खेलमा खद्रीटार युवा क्लबले ४- ० गोल अन्तरले पूर्णे पिपल युवा क्लबलाई पछाडि पारेको थियो। मुलाबारी युवा क्लब पालुङ्टार ८ र युनाइटेड स्याङ्ली युवा क्लब पालुङ्गटार ७ बीच भएको तेस्रो खेलमा १- १को बराबरी भएपछि पेनाल्टी सुट आउटमा ४ -२ गोल अन्तरले मुलाबारी युवा क्लब विजयी भएको थियो । श्री नवजागृति युवा क्लब फालुङटार छ र युनाइटेड च्याङ्ली (A) युवा क्लब फालुङटार ७ बीच भएको अर्को खेलमा २ – १ गाेल अन्तरले नवजागृति युवा क्लबलाई पछाडि पारेकाे थियोे । मर्स्याङ्दी युवा क्लब वडा नं ५ र न्यु ट्र्याक युवाक्लव वडा नम्बर ९ बीच भएको अर्को खेलमा दुई-एक गोल अन्तरले मर्स्याङ्गदी युवा क्लब विजयी भएको थियो । आज भएको अन्तिम खेलमा आयोजक खतिटार युवा क्लबलाई १- ० गोल अन्तरले हराउँदै लामाटारी युवा क्लब वडा नं ६ विजयी भएको छ। भोलि माघ २७ गते सेमिफाइनलका खेल सम्पन्न हुने र पर्सी २८ गते फाइनल खेल हुने आयाेजक क्लबका सदस्य शैलेन्द्र अधिकारीले जानकारी दिनुभएको छ । माघ २४ गतेदेखि खत्रीटार खेलमैदानमा सुरु भएको प्रथम खत्रीटार कप सेवेन ए साइड फुटबल प्रतियोगितामा पालुङ्टार नगरपालिकाभित्रका १९ टिमको सहभागिता रहेकाे छ । साे प्रतियोगताको फाइनल खेल २८ गते हुने छ। प्रतियोगितामा प्रथम हुने समूहले नगद रु ३० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने समूहले नगद रु १५,०००, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ। त्यस्तै विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker