Trending

ईकमर्स साथी प्रा.लि.ले निशुल्क वेवसाईट डिजाईन दिने

ईकमर्स साथी प्रा.लि.ले निशुल्क रुपमा अनलाईनमा वेवसाईट डिजाईन सम्वन्धी तालिम दिने भएको छ । सुचना र प्रविधिको क्षेत्रमा उल्लेखनिय काम गर्दे आएको ईकमर्स साथी प्रा.लि.ले व्यक्तिगत तथा व्यवसायिक वेवसाईट वनाउने सम्वन्धि १ हप्ते तालिम दिने भएको हो ।
विश्व वजारमा प्रविधिको विकासमा तीव्र प्रतिष्पर्धा भईरहदाँ व्यक्तिगत तथा व्यवसायिक रुपमा वेवसाईट आफै निर्माण तथा व्यवस्थापन गर्न सहज होस भन्ने हेतु निशुल्क तालिमको आयोजना गरिएको प्रालिका संचालक विजय कुमालले वताए । अनलाईनको माध्यामवाट संचालन हुने वेवसाईट निर्माण तालिम अगामी माघ २८ गते देखि शुरु हुनेछ भने संसारभरवाट तालिममा सहभागी जनाउन सकिनेछ ।
निशुल्क रुपमा संचालन गरिने तालिममा डोमेन रजिस्टेशन, होस्टिङ, निशुल्क डोमेन रजिस्टेशन गर्ने तरिका, वर्ड प्रेस ईन्स्टल, सेटिङ फ्रि थिम र प्लगिन प्रयोग गरि रियल–टाईम पर्सनल प्रोजेक्ट डेभलपमेन्टको काम सिकाईने कम्पनीले जनाएको छ ।
प्रविधिको पारखीलाई र नयाँ व्यवसाय तथा अनलाईन संचार माध्याम संचालन, फर्म तथा संस्थाहरुको निर्माणमा तालिमले सहयोग पुरयाउने संचालक कुमालले वताए । आधारभुत तहको ज्ञानले पनि प्रविधिमा धेरै सहज हुने अपेक्षा सहित तालिम संचालन गर्न लागिएको उनले वताए ।
अनलाईन प्लेटफर्म जुमको माध्यामवाट दिनईने तालिममा एक सय जनाको मात्र क्षमता भएको हुदाँ अन्य ईच्छुकहरुले विजय कुमालको युटयुव च्यानलवाट प्रत्यक्ष प्रशारण हेर्न सकिने व्यवस्था मिलाईएको छ ।
तल उल्लेखित जुम आईडीवाट तालिममा जोडिन सकिनेछ ।

Meeting Id: 823 1181 0015

Password : 786876

YouTube : Bijay Kumal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker