Trending

च्याङली सामुदायिक सिकाई केन्द्र काे अध्यक्षमा पुन: कंडेल

च्षाङली सामुदायिक सिकाई केन्द्र काे दशाैं बार्षिक साधारणसभा तथा दाेश्राे अधिबेशनले पुन: रबिन्द्र कंडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।
माघ ६ गतेका दिन पालुङटार नगरपालिका वडा नं ७ काे वडा कार्यालयमा अध्यक्ष कंडेलकाे सभापतित्वमा साधारणसभा सम्पन्न भएको थियोे । समिति का अन्य सदस्यहरूमा
गणेशलाल श्रेष्ठ, इन्द्र काेईराला, रण बहादुर कुमाल, काेपिला सुनार, बिकास परियार,सिता परियार, सावित्रा बि.क. रहेका छन भने सदस्य सचिवमा राममाया अाले कुमाल रहनुभएकाे छ ।
वडा नं ७ का वडाध्यक्ष अर्जुन कुमालकाे प्रमुख अातिथ्यतामा सम्पन्न सभामा सदस्य गणेशलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियोे । त्यस्तै गरी च्याङली स्वास्थ्य चाैकीका भरतराज पाण्डे, मिलिजुली टाेलबिकास संस्थाका अध्यक्ष श्यामकाजी खत्री, महिला समुहका तर्फबाट सावित्रा बि क, कृषक अाेमप्रकाश गुरूङ लगायतका ले शुभकामना मन्तब्य राखेका थिए । अध्यक्ष रबिन्द्र कंडेल ले प्रस्तुत गर्नुभएको प्रतिवेदन सभाले पारित समेत गरेकाे छ । साे अबसरमा आजीवन सदस्यहरूका लागि प्रमाणपत्र समेत बितरण गरिएकाे थियाे । केन्द्रले आफ्नाे स्थापना कालदेखि अनाैपचारिक शिक्षा, सिपमुलक तथा आयअार्जन, काेभिड पिडितहरूलाई सहयाेग, लगायतका कार्यहरू गर्दै अाईरहेकाे छ ।  नवनिर्मित समितिकाे पदावधि ४ बर्षकाे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker