२ वर्ष मुनिको बच्चाहरुको पोषणको नियमित अनुगमन र पोषण स्थितिको अवस्थाले अति नै राम्रो

गोरखा संसार
पौैष २५, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेका २ बर्षमुनिका बच्चाहरुको पोषणको नियमित अनुगमन र पोषण स्थितिको अवस्था अति नै राम्रो रहेको पाइएको छ । सुआहारा कार्यक्रम अन्तर्गत सञ्चालित एक कार्यक्रमको च्याङ्ली स्वास्थ्य चौकीमा गरिएको सामुदायिक स्वास्थ्य प्राप्तांक बोर्डको अर्धबार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्य फेला परेको हो ।
स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले सहभागीहरुलाई स्वागत सहित कार्यक्रमको औचित्यको बारेमा प्रष्ट्याउनुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारीहरु, स्वास्थ्यकर्मीहरु, गर्भवती तथा सुत्केरी महिलाहरु तथा स्थानीय बुद्धिजीवीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा गर्भवती तथा सुत्केरी महिला तथा बच्चाको अवस्था र स्वास्थ्य संस्थाबाट उपलब्ध गराइएको सेवा सुविधाका बारेमा छलफल तथा समीक्षा गरिनुका साथै विभिन्न सूचांकहरुका आधारमा अहिलेसम्मको लक्ष्यको पुनराबलोकन गरी आगामी २०७७ असार सम्मको लक्ष्य निर्धारण समेत गरिएको स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले बताउनुभयो । यस अघि २०७६ असार ९ गते सरोकारवालाहरुको भेलाले विभिन्न ६ वटा सूचांकहरु माथि छलफल गरी एक बर्षको लागी लक्ष निर्धारण गरेको थियो ।


कार्यक्रमका लागी सुआहारा संस्थाले आर्थिक सहयोग प्रदान गरेको थियो । सो कार्यक्रममा सुआहारा गोरखाका रजनि कान्त चौधरी, अमिन दिन मिया, च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न ६ वटा सूचांकहरुमाथि छलफल गरिएको थियो । ६ सूचांकहरुमा गर्भ जाच तथा पूर्व तयारीको अवस्था, संस्थागत प्रसूति, सूत्केरी सेवा साथै प्रोत्साहन भत्ता वितरणको अवस्था, २ वर्ष मुनिको बच्चाहरुको पोषणको नियमित अनुगमन र पोषण स्थिति, लैङ्गिक तथा सामाजिक समावेशिकरणको अवस्था, महिला स्वास्थ्य स्वयम् सेविका कार्यक्रम तथा सहयोगको अवस्था र स्वास्थ्य सुशासन तथा स्थानिय सरोकारहरुको सहयोगको अवस्था रहेका थिए ।
सवै ६ वटै सूचांकहरुको अहिलेको अवस्था र असार सम्ममा हासिल गर्न तोकिएको लक्ष तल उल्लेख गरिएको छ ।

 सूचांक                                 तात्कालीक अवस्था (अंकमा)             हालको अवस्था (अंकमा)        लक्ष (अंकमा)
१) गर्भ जाच तथा पूर्व तयारीको अवस्था                                            ८८                            ९०                             ९५
२) संस्थागत प्रसूति, सूत्केरी सेवा साथै प्रोत्साहन भत्ता वितरणको अवस्था ८०                           ९०                            ९७
३) २ वर्ष मुनिको बच्चाहरुको पोषणको नियमित अनुगमन र पोषण स्थिति  ९३                        ९७                             ९८
४) लैङ्गिक तथा सामाजिक समावेशिकरणको अवस्था                              ७८                        ९०                            ९१
५) महिला स्वास्थ्य स्वयम् सेविका कार्यक्रम तथा सहयोगको अवस्था           ८५                        ९५                           ९५
६) स्वास्थ्य सुशासन तथा स्थानिय सरोकारहरुको सहयोगको अवस्था         ७३                         ८८                           ९१

Back to top button