मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगितामा जीवन ज्योति बिजयी

गोरखा संसार
पौैष २५, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङ स्थित अन्नपूर्ण मा.वि.मा स भएको मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगितामा जीवन ज्योति मा.वि. विजयी बनेको छ ।
खेलका माध्यमबाट विभिन्न विद्यालयहरुमा अध्यापनरत शिक्षकहरुका बीच आत्मीयता बढाउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा गोरखा र पालुङ्टार नगरपालिकाका गरी ७ विद्यालयका शिक्षकहरुको टिम सहभागी रहेका थिए ।
अकला मा.वि.लाई सेमीफाइनलमा हराएको जीवन ज्योति मा.वि.ले मिरकोट मा.वि. लाई सोझो सेटमा हराएर विजयी भएको हो । बिजयी जीवन ज्योति मा.वि.ले प्रथम पुरस्कार स्वरुप १ बोकासहित नगद रु.३ हजार हात पार्यो भने उपविजेता मिरकोटले भने १ बोका मात्रैमा चित्त बुझाएको थियो । खेल पौष २४ गते भएको सो प्रतियोगितामा उपविजेता मिरकोटले रत्नराज्य मा.वि. बिरेञ्चोकलाई हराएर फाइनल प्रवेश गरेको थियो ।

बिद्यालयले आयोजना गरेको कार्यक्रममा शुभारम्भमा स्वागत मन्तब्य राख्दै विद्यालयका प्रधानाध्यापक दिपक सापकोटाले सहभागी टिमका क्याप्टेनहरूलाई खादा ओढाउनुभएको थियोे । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानलाल श्रेष्ठको अध्यक्षतामा भएको पुरस्कार बितरण समारोहमा पालुङटार नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर परियार प्रमुख अतिथि रहनुभएको थियोे ।

Back to top button