टिक टक देखि यु ट्युब सम्म भाइरल बन्यो चुइगम र पराग को गीत रविन राजकुमार टिका प्रिति भाईरल वन्दै

कविराज ढकाल , काठमाडौं नेपाल
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् | यसै सन्दर्भमा लोक दोहोरीका अव्वल  गायक एवम् सर्जक रविन लामिछाने र समसामयिक गीतका गायक राजकुमार बानियाँ dohori battle कि चर्चित गायिका  प्रिति आले र प्रत्यक्ष घम्साघम्सी दोहोरि कि गायिका टिका सानुको आवाजमा सजिएको निकै मिठो सन्देशमुलक  गित बजारमा चर्चामा रहेको छ |

लोक तथा दोहोरी गायक प्रत्यक्ष घम्साघम्सी दोहोरीको राजाको रुपमा बजारमा अत्यन्तै रुचाईएका गायक रविन लामिछाने र गायिका टिका सानु  त्यस्तै दोहोरी व्याटलकि चर्चित गायिका  गायिका प्रिति आले र लोकदोहोरी गायक राजकुमार बानियाको सुमधुर आवाजमा सजिएको गित ” रिले दोहोरी” मा राजकुमार बानियाँको निकै उत्कृष्ट लय शब्द रहेको छ | उक्त गीत निकै सन्देशमुलक पनि रहेको छ

गित

केटा :- हे कान्छी तिम्रो छैन केही नलेज
पढ्छु भन्छेउ देशकै टप कलेज
जता पनि थुक दिन्छौ चुईगम चपार
दुख पाऊलि नकलि बानि सपार

केटी :- हे भो भो कान्छा नवोल ओब्बर
तिम्रो भन्दा छ दिमाग दोब्बर
जता पनि थुक दिन्छौ पराग चपार
दुख पाऊलि नकले बानि सपार

उक्त गित अडियो मात्रै उत्कृष्ट नभई भिडियो पनि निकै उत्कृष्ट वनेको छ | उक्त गित को music video पासाड ल्हामु शेर्पा कलेजमा सुटिङ गरिएको थियो उक्त गीतलाई राजकुमार बानियाले निर्देशन गर्नुभएको थियो भने करन चैसिरले छायांकन गर्नुभएको थियो र मनोज कार्कीले सम्पादन गर्नुभएको थियो अभिनयमा पनि गीतकै गाइका आफुले अभिनय गरेको पाइन्छ केटा तिर रबिन लामिछाने र राजकुमार बानियाँ र केटी तिर टिकासानु र प्रिति आलेको अभिनय रहेको पाइन्छ

उक्त गीतलाई RAJ KUMAR BANIYA को युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।

भिडियो हेर्न तलको LINK खिच्नुहोस्

गीतले सबैको मन जितोस हाम्रो शुभकामना

Back to top button