नयांंपुल बिरूवाटार सडकखण्ड अलपत्र, निर्माण सामग्री नपाएकाे निर्माण कम्पनीको दावी

रविन्द्र कंडेल

गाेरखा संसार

पाैष २१, गाेरखा ।

गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा नयाँपुल बिरूवाटार सडक ग्राभेल गर्ने कार्यको सम्झौता अवधि समाप्त हुँदासम्म पनि काम भने हुन सकेको छैन । सडक सामान्य रूपमा खनेर छाडिएका कारण पाैषाकेा सामान्य झरीबाट पनि सवारी साधनहरू अलपत्र भएका छन । पौष मसान्त सम्ममा काम सम्पन्न गरिसक्नु पर्ने भएको भए पनि ग्राभेलका लागी आवश्यक पर्ने नदीजन्य सामग्री नपाएका कारण समयमा काम गर्न नसकेको बताउनुहुन्छ आश्रय गणेशकुण्ड आइ एस निर्माण सेवा जे भी निर्माण कम्पनीका प्रतिनिधी शुरेष पाण्डे ।
पौष महिनामा आफूले काम सम्पन्न गरिसक्नुपर्ने भएतापनि ग्रावेलको लागी आवश्यक पर्ने नदीजन्य सामग्री ल्याउन नपाएका कारण आफूले काम गर्न कठिनाई भएको समेत उहाँले बताउनुभयो । नगरपालिकाको कार्यालयबाट नदीजन्य सामग्री ल्याउने अनुमति ल्याएको भएतापनि प्रहरी प्रशाशनले भने नदीबाट सामग्री ल्याउन नपाएको पनि उहाँको गुनासो रहेको छ ।
काम गर्न ठेक्का लिएको र नगरपालिकाको अनुमति समेत लिएको निर्माण कम्पनीलाई प्रहरी प्रशासनले किन रोकेको हो त भनेर सोध्दा पालुङ्टार नगरपालिकाका नगर प्रमुख ई. दिपक बाबु कंडेलले स्थानीय वडाध्यक्षहरुसंग समन्वय गरिरहेको र प्रहरीसंग पनि कुराकानी भइसकेको र अव छिटै समाधान हुने बताउनुहुन्छ ।
नयाँपुल बिरुवाटार सडकको ५ किलोमिटर सडकमा ७० ग्राम को ग्राभेल गर्ने कार्यको लागी आवश्यक सामग्री उपलब्ध भएमा आफूले १५ दिनभित्रमा काम सक्ने तर सामग्री नपाउँदा धेरै दिनसम्म आफ्नो जेसिबी, लोडर, स्काइभेटर लगायतका सामानहरु साइटमा थन्किएर बसेको र जसका कारण आफूहरुलाई घाटा भइरहेको बताउनुहुन्छ निर्माण कम्पनीका प्रतिनिधी पाण्डे ।
आफ्नो वडाको काम अलपत्र भइरहँदा के गरिरहनुभएको छ त भन्ने प्रश्नमा वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ ले आफ्नो तर्फबाट पहल भइरहेको र छिटै काम अघि बढने बताउनुहुन्छ । साथै विरुवाटार क्षेत्रमा बाटो फराकिलो बनाउनको लागी समेत पहलस्वरुप सर्वे गरी भत्काउनुपर्ने घरहरुका लागी जानकारी गराइसकीएको समेत उहाँले बताउनुभयो ।
उक्त सडक ग्राभेलको लागी ५५ लाख रकम विनियोजन गरिएकाे छ ।
कुनै पनि सार्वजनिक काममा स्थानीय सरकार तथा सम्बन्धित निकायले कामदार कम्पनीकाहरुका लागी सहज बातावरण बनाई समयमा काम सम्पन्न गर्ने बातावरण तयार गर्न जरुरी छ भने ठेक्का पाएका कम्पनीले कुनै पनि बहानामा समयमा काम सिध्याउन आलटाल गर्नुहुँदैन । समयमै काम सकेर आफ्नो छवि जोगाउन जरुरी देखिन्छ ।

Back to top button