धुवाँकाेट सामुदायिक सिकाई केन्द्र काे छैटाैं साधारणसभा सम्पन्न

गाेरखा संसार

पाैष १९,गाेरखा ।

धुवाँकाेट सामुदायिक सिकाई केन्द्र पालुङटार ८ काे छैटाैं साधारणसभा अाज सम्पन्न भएकाे छ । सिकाई केन्द्र का अध्यक्ष शंकरराज कंडेलकाे अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथिकाे रूपमा बाेल्दै पालुङटार नगरपालिका शिक्षा शाखाका प्रमुख बाबुराम काराखेतीले सिपमूलक क्षेत्रमा जाेड दिनुपर्ने बताउनुभयो । साे अबसरमा उहाँले सिकाई केन्द्रमा महिला पुरूषकाे समान सहभागिता हुनुपर्ने बताउनु भयाे । कार्यक्रममा सिकाई केन्द्रका सदस्य क्षेत्रजंग भण्डारीले स्वागत मन्तब्य राख्नुभएको थियोे । त्यस्तै गरी कार्यक्रममा सिकाई केन्द्रकी परिचालिका हरिमाया गाैलीले CLC काे गतिविधि तथा अागामी बर्षकाे प्रस्तावित कार्यनीति प्रस्तुत गर्नुभएको थियाे । जसमा अकला मा वि का प्रधानाध्यापक राजेन्द्र अंगाई, च्याङ्ली सामुदायिक सिकाई केन्द्र का अध्यक्ष रबिन्द्र कंडेल, सिर्जनशील महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रमाया श्रेष्ठ, मुलाबारी टाेलबिकास संस्थाका अध्यक्ष श्याम बहादुर थापा लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

Back to top button