मनकामना उपशाखाको तेश्रो अधिवेशन सम्पन्न

गाेेरखा संसार  संवाददाता
गोरखा, १९ पुस । नेपाल रेडक्रस सोसाईटी मनकामना उपशाखाको आठौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
मनकामना स्थित ढाँडवारी सामुदायिक भवनमा भएको अधिवेशनलाई नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाका मन्त्री राजेन्द्र न्यौपानेले सम्बोधन गरेका थिए । मन्त्री न्यौपानेले भने “सेवा गर्ने भावनाका साथ रेडक्रसमा संलग्न हुनुपर्दछ, आफ्नो पेशाव्यवसाय सँगै केही समय र अर्थ वचत गरी यस सेवा क्षेत्रमा लाग्नुपर्दछ । ” मनकामना उपशाखाले भूकम्प प्रतिकार्य कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गरेको भन्दै उनले धन्यवाद दिए । अगामि दिनमा स्थानीय स्रोत साधन र जनशक्ति परिचालन गरी विपद परेका समय मनकामना उपशाखा अग्रपंक्तिमा अघि बढ्नुपर्ने उनको सुझाव थियो । मध्य नेपालको मध्य भागमा रहेको मनकामना, जहाँ लाखौंका संख्यामा पर्यटकहरु आउने गर्दछन् , यस्ता ठाउँहरुमा रेडक्रस जस्ता संस्थाहरुको भूमिका उल्लेखनीय हुनुपर्ने मन्त्री न्यौपानेले बताए । जिल्लामा रक्त सञ्चार केन्द्र छिट्टै सञ्चालनमा ल्याउने तयारी भईरहहेको उनको भनाई थियो । उत्कृष्ट कार्य गरी जिल्लामा उत्कृष्ट उपशाखा बन्न मनकामनाले काम गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबाबु श्रेष्ठ, मनकामना एफएमका अध्यक्ष दिनेश जोशी, नेपाल रेडक्रस सोसाईटी मनकामना उपशाखाका कोषाध्यक्ष हिरा बहादुर थापा, मनकामना मा.वि. जुनियर युवा रेडक्रस सर्कलका शिक्षक नायक हरी बहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
अधिवेशनले पृथ बहादुर थापाको सभापतित्वमा ११ सदस्यीय उपशाखा समिति निर्माण गरेको छ । जसको उपसभापतिमा सेतीमाया गुरुङ, सचिव शिव राना, कोषाध्यक्ष हिरा बहादुर थापा, उपसचिव भवानी सापकोटा, उपकोषाध्यक्ष दिनार श्रेष्ठ, महिला सदस्य मन्जु थापा, सदस्यहरु झक्कल बहादुर थापा, शिवजी थापा, रामकृष्ण अर्याल, बसन्त मल्ल रहेका छन् ।

Back to top button