
आज पालुङटार नगरपालिका वडा नम्बर 1 मा नेपाली कांग्रेस वडानम्बर 1को वडा समितिले आयोजना गरेको कार्यक्रममा आफ्नो वडामा रहेका क्रियाशील सदस्यहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम दिएको छ उक्त कार्यक्रमको सभापतित्त्व वडा पार्टि सभापति श्याम कडरियाले गर्नु भएको थियो |
कार्यक्रममा नेपाली कांग्रेसको गोरखा जिल्ला सभापति हरि बहादुर घले जी को प्रमुख आथित्यमा र नेपाली कांग्रेस क्षेत्रीय सभापति गोविन्द गुरुड पालुङटार नगरपालिकाका नगर प्रमुख एवं नेपाली कांग्रेस नगरका सभापति ई. दिपक बाबु कडेल विशिष्ट आतिथ्यता गर्नुभएको थियो भने सो कार्यक्रममा नेपाली कांग्रेस पालुङका नगर सचिव विमल ढकाल र महिला नेतृ महिला रविकला खनालले प्रशिक्षण दिनुभएको थियो | उक्त कार्यक्रममा नेपाली काँग्रेस पार्टीमा स्थानीय 42 जना व्यक्तिहरुले अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसको साधारण सदस्यता लिनुभएको थियो | उक्त कार्यक्रममा विष्टले सञ्चालन गरेकी थिइन् र भोली वडा नम्बर 2 को प्रशिक्षण कार्यक्रम हुने नगर सचिव विमल ढकाल जनाउनुभएको छ |