डुम्रे महाेत्सवमा अाज कमला घिमिरे र बद्री पंगेनी अाउंदै

गाेरखा संसार

पाैष १८, तनहुँ ।

‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौं, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं’ भन्ने नाराका साथ वडा नं. १ डुम्रे स्थित चिसापानीमा सञ्चालन भैरहेको महोत्सवमा दर्शकहरूको भिड बढेको छ।

बिशेष गरि चुदी खोलामा बनाईएको किर्तिम तालले थप आकर्षण थपेको र पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुरमा पर्यटकलाई थप आकर्षित गर्ने उद्देश्य सहित बन्दीपुर साँस्कृतिक एवं पर्यटन महोत्सव २०७६ आयोजना गरिएको संयोजक शिव कुमार श्रेष्ठले बताए ।

बन्दीपुर को डुम्रेमा सञ्चालन भइरहेको प्रथम आदिवासी जनजाती बन्दिपुर सास्कृतिक एवं पर्यटन महोत्सव २०७६ को आठौं दिन शुक्रबार चर्चित लोक दोहोरी कलाकारहरु अम्मर बिरही गुरुङ, बद्री पङेनी र बाल कलाकार कमला घिमिरे लगाएत स्थानीय कलाकारहरुको प्रस्तुति रहने निर्देशक एवं कलाकार संयोजक सुनिल श्रेष्ठले बताएका छन्

शुक्रबार नै साहित्य प्रेमीहरुका लागि मुक्तक प्रतियोगिता समेत राखिएको साहित्य संयोजक अमर राज नहर्कीले बताए का छन् ।

महोत्सवले स्थानीय आदिवासी जनजातिहरुको परम्परागत भाषा, संस्कृति, रितिरिवाजको संरक्षण एवं प्रवर्द्धन गर्दै स्थानीय स्तरमा उत्पादित कृषि उपजलाई बजारीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

आदिवासी जनजातिको भाषा, कला, रहनसहन, संस्कृति आदिलाई प्रवर्द्धन र संरक्षण गर्दै, कृषि, साहित्य, कला, सांस्कृतिक पर्यटन प्रवर्द्धनका साथै प्राकृतिक स्रोत र साधनको अधिकत्म उपायोग गर्ने माध्यमका रुपमा महोत्सव आयोजना गरिएको र महोत्सवबाट भएको आम्दानीबाट बन्दिपुरमा आदिवासी जनजातिको संग्रालय भवन निर्माणमा खर्च गरिने महोत्सवका आयोजकले बताएको छ।

महोत्सवमा पदयात्रा, जलविहार, गुफा अवलोकन, धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण, हेलिकप्टरबाट दृश्य अवलोकन महोत्सवको आकर्षण रहेको छ । महोत्सवमा व्यापारिक तथा स्थानीय सामाजिक संघ सस्थाको सहयोग र सहभागितामा गरिएको छ।स्थानीय उत्पादन मास, अदुवा, सुन्तला, तरकारी, खसीबोकाको प्रवर्द्धन गर्न किसानहरुलाई प्रोत्साहित गरिएको छ।

मनाङ, लमजुङ, गोरखा र तनहुँ जिल्लाको व्यापारिक नाकाको रुपमा रहेको डुम्रे बजारमा आयोजना गरिएको महोत्सवको झिंगु नेवाः पुचः डुम्रे, नेपाल खड्गी सेवा समिति, पिछडा वर्ग सञ्जाल समिति, गुरुङ समाज, मगर समाज, नेवाः पुच, मिसा नेवाः पुच, नेपाल चेपाङ (प्रजा ) संघ, तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाई, मिलनगर, भन्सार बजार इकाई लगायतका स्थानीय विभिन्न संघ संस्थाहरु महोत्सवको सहआयोजक रहेका छन् ।महोत्सव यहि पौष ११ देखि २० गतेसम्म संचालन हुनेछ ।

Back to top button