पालुङटारमा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) को पार्टी प्रशिक्षण सम्पन्न

गोरखा संसार
पौैष १३, तनहुँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पालुङ्टार नगरपालिका स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका नगरपार्टी अध्यक्ष गुणराज देवकोटा अजय को अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रशिक्षण राख्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका गतिविधी, आगामी रणनिती तथा कार्यदिशाका बारेमा प्रष्ट्याउनुभएको थियो ।
नगर पार्टी सचिव अमृत प्रसाद काराखेतीले सञ्चालन गर्नुभएको प्रशिक्षण कार्यक्रममा वडा नं. ७ का वडा पार्टी अध्यक्ष वसन्त कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रिय अध्यक्ष दिनेशचन्द्र देवकोटा र गोरखा जिल्ला पार्टी अध्यक्ष एवं गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।
त्यस्तै गरी कार्यक्रममा पार्टीका जिल्ला सचिव प्रेम गुरुङ, प्रदेश कमिटी सदस्यहरु खोप बहादुर कंडेल, हरि काफ्ले, जुद्धविलास भण्डारी र शहिद परिवार प्रतिनिधी विकास वाग्लेको उपस्थिति रहेको थियो । कार्यक्रम पालुङ्टार नगरपालिका वडा नं. ७ को बिरुवाटारमा भएको थियो ।

Back to top button