नेपाल शिक्षक महासंघ पालुङ्टारद्धारा नवनियुक्त शिक्षकहरुलाई बधाइ तथा स्वागत

रविन्द्र कंडेल,

गोरखा संसार
पौैष १२, गोरखा ।
पालुङ्टार नगरपालिकामा नेपाल शिक्षक महासंघ नगर समितिले नगरपालिका भित्र नयाँ नियुक्ति लिएका शिक्षकहरुलाई बधाई तथा स्वागत गरेको छ । महासंघले ठांटीपोखरीमा सम्पन्न गरेको प्रथम नगर परिषदमा उहाँहरुलाई सम्मान गरिएको हो । नगरपालिका भित्र नवनियुक्त शिक्षकहरुलाई संयुक्त रुपमा बधाइ तथा स्वागत गर्ने यो नयाँ परम्पराको थालनी गरेको महासँघ पालुङ्टारका अध्यक्ष चेतनाथ पन्तले बताउनुभयो ।
अधिकार र कर्तव्यका लागी शिक्षक एकता भन्ने मूल नाराका साथ नेपाल शिक्षक महासंघ नगर कार्यसमितिका अध्यक्ष चेतनाथ पन्तको अध्यक्षतामा सम्पन्न परिषदमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल शिक्षक महासंघ गोरखाका अध्यक्ष ध्रुव भट्टले शिक्षकहरुको हकहितका लागी सदैब महासंघ लडिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । शिक्षक आन्दोलनको इतिहास र अहिलेका चुनौतीहरुको बारेमा समेत उहाँले बताउनुभएको थियो । शिक्षकहरुले बालमनोविज्ञानको अध्ययन गरी अध्यापन गरेर प्रा.वि तहको शिक्षालाई राम्रो जगको रुपमा बनाउनुपर्नेमा जोड दिनुभएको थियो । महासंघले गोरखालाई इतिहासको रुपमा विकास गर्नुपर्ने समेत बताउनुभयो । आवश्यक परे शिक्षकहरु अरिगांल बन्न समेत पछि नपर्ने बताउँदै शिक्षकको समाजसेवालाई कमजोरी नठान्न समेत सुझाउनुभएकाो थियो ।
सोही अवसरमा विशेष अतिथिको रुपमा बोल्दै नगर प्रमुख ई. दिपकबाबु कंडेलले शैक्षिक क्षेत्रमा धेरै सुधार गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभएको थियो । शिक्षाको गुणस्तर उकास्नको लागी शिक्षकहरु नै नखटदा सम्म केही परिवर्तन नहुने भन्दै निजी विद्यालयमा कसैलेपनि विद्यार्थी लैजान नपर्ने बातावरण बनाउन शिक्षकहरुलाई आग्रह गर्नुभयो । शिक्षकहरुको जीवन कर्मकाण्डी नहोस भन्ने समेत उहाँको भनाइ रहेको थियो ।
महासंघका सचिव गणेशराज सेडाईंले सञ्चलान गर्नुभएको सो कार्यक्रमम महासंघका सह अध्यक्ष खेमराज पोखरेलले स्वागत मन्तव्य राख्नुभएको सोे परिषदमा अध्यक्ष चेतनाथ पन्तले कार्यक्रमको औचित्य सहित अध्यक्ष र सचिवको संयुक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गरी अर्थ सचिव सरिता खनालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा नवनियुक्त शिक्षकहरुका तर्फबाट योजना दुवाडीले आफ्नो मन्तव्य राख्नुभएको थियो । त्यस्तै गरी नेपाल शिक्षक महासंघ गोरखाका सह अध्यक्ष राजन कट्टेल, उपाध्यक्ष उदय भट्ट, सचिव श्याम लामिछाने, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष टिकाराम श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछाने, नेपाल राष्टिय शिक्षक संगठनका जिल्ला अध्यक्ष राजेन्द्र ढकाल, भवानी बहुमुखी क्याम्पस ठाँटीपोखरीका क्याम्पस प्रमुख अर्जुन बहादुर थापा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
परिषदबाट चेतनाथ पन्तको संयोजकत्वमा बनेको नगर परिषदमा १५ जना सदस्यहरु थप गरिएको छ ।

 

Back to top button
Close