धार्चेको गुम्दामा भूकम्प प्रभावित घरधनीलाई प्रमाणपत्र वितरण सुरु

गाेरखा संसार

धार्चे गाँउपालिकाको वडा नम्बर ५ स्थित गुम्दामा भूकम्प प्रभावित घरधनीलाई सम्पन्नता प्रमाणपत्र वितरण सुरु गरिएको छ । गाँउपालिकाको वडा नम्बर ५ को कार्यालयमा आयोजित कार्यक्रममा पुनर्निर्माण सम्पन्न गर्ने २ सय बढी घरधनीलाई प्रमाणपत्र वितरण गरिएको हो । धार्चे गाँउपालिकाका उपप्रमुख फूलमाया गुरुङले विभिन्न कठिनाईका बाबजुद् निजी आवास निर्माण सम्पन्न गर्ने घरधनी तथा उक्र कार्यका लागि सहयोग पुर्याउने पालिकामा कार्यरत विभिन्न संघसस्थालाई आभार प्रकट गर्नुभयो । उपाध्यक्ष गुरुङले पुनर्निर्माणसंग सम्बन्धित सहयोगी संघसंस्थाको समन्वयमा धार्चे गाँउपालिकामा पुनर्निर्माणले गति लिएको बताउनुभयो । वडा नम्बर ५ का वडाध्यक्ष तुलबहादुर गुरुङले गुम्दामा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको सामाजिक प्राविधिक सहजिकरणले निजी आवास पुनर्निर्माण सहज भएर सम्पन्नता प्रमाणपत्र वितरण गर्न सफल भएको बताउनुभयो ।
यस्तै, भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला संयोजक राम सापकोटाले भूकम्प पश्चात पुनर्निर्माण भएका घर तथा आगामी दिनमा बन्ने संरचना पनि भूकम्प प्रतिरोधी बनाउन अग्रसर हुनुपर्ने बताउनुभयो । यसैबीच, परियोजनाले धार्चेका वडा नम्बर ५, ६ र ७ मा १६६९ भूकम्प प्रभावित घरधनीलाई सामाजिक प्राविधिक सहजिकरण गरिरहेको छ । परियोजनाले भूकम्प प्रतिरोधी घर निर्माण,वैकल्पिक प्रविधि अन्र्तगत तारजाली घर निर्माण , प्रवलीकरण सुधार प्रविधिमा करिब २ सय डकर्मीलाई तालिम प्रदान गरेको छ । साथै, धार्चेको तीन वटै वडामा सामुदायिक नाटक लगायत निजी आवास पुनर्निर्माण सम्बन्धमा जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको परियोजना अन्र्तगत गाँउपालिकाका टोलि संयोजक एवम् इन्जिनियर सर्वेश शर्माले बताउनुभयो ।

Back to top button