
गाेरखा संसार
डुम्रे, पुस ११ गते ।
तनहुँको बन्दीपुर गाउँपालिका– १ डुम्रे, चिसापानीमा प्रथम आदिवासी जनजाति बन्दीपुर सांस्कृतिक एवं पर्यटन महोत्सव २०७६ आज शुक्रबार बाट शुरु भएको भएको छ । बन्दीपुरमा आदिवासी जनजातिको सङ्ग्रालय निमार्णमा मद्धत पु¥याउने मूख्य उद्धेश्यले महोत्सव गरिएको आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ बन्दीपुर समन्वय परिषदले जनाएको छ । महोत्सवको शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले एक समारोहका बीच उद्घाटन गर्नुभयो । उक्त अवसरमा मन्त्री मानन्धरले डुम्रे र यसआसपासको क्षेत्रमा देखाउन लायक काम गर्ने दाबी गर्नुभयो । ‘झुट्टो आवश्वासन दिन म यहाँ आएको हैन, सहरी विकासमा अलपत्र परेका काम पुरा गरी फेरी पनि महोत्सवमा प्रमुख अतिथि भएर म आउने छु ।’ मन्त्री मानन्धरले भन्नुभयो ।
कार्यक्रममा प्रतिनिधी सभाका सदस्य कृष्णकुमार श्रेष्ठ किसानले यस क्षेत्रमा रहेको र वजेट अभावले अलपत्र परेको साना सहरी आयोजना, सडकहरुको स्तरउन्नतीको लगायतको काम अवरोध भएकाले त्यसलाई हटाउन मन्त्री मानन्धरलाई आमन्त्रण गरिएको बताउनुभयो । ‘मलाई प्रमुख अतिथि बन्न आयोजकबाट निम्ता आएको थियो तर मैलै यहाँको समस्याबारे जानकारीदिन मन्त्रीलाई आमन्त्रण गर्न लगाएको हुँ ।’ सांसद श्रेष्ठले भन्नुभयो । नेपाल आदिवासी जनजाति महाङ्घ बन्दीपुर समन्वय परिषदका अध्यक्ष एवं महोत्सवका संयोजक शिवकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा लगायतले महोत्सवले नेपाल भ्रमणवर्ष सन् २०२० को सन्दर्भमा प्रचार/प्रसारमा टेवा पुगि पर्यटन प्रबद्धर्नको लागि मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । डुम्रे बजार यस क्षेत्रकै प्रमुख व्यापारिक केन्द्र मानिन्छ । मनाङ,लम्जुङ, गोरखा र तनहुँ प्रत्यक्ष सम्पर्कमा रहेका छन् । बन्दीपुरमा पर्यटकलाई थप आर्कषित गर्न सास्कृतिक सङ्ग्राहलय निमार्ण शुरु भईसकेको त्यसलाई मद्धत पु¥याउने प्रमुख उद्धेश्यले महोत्सव गरिएको आयोजकले जनाएको छ ।