क्रिसमस र पृथ्वी जयन्तीमा सार्वजनिक विदा

गाेरखा संसार

८, गाेरखा ।

पालुङटार नगरपालिकाले ईसाई धर्मावलम्बीहरूकाे महान पर्व क्रिसमसकाे अवसरमा ९ गते र पृथ्वी जयन्ततीकाे अबसरमा पाैष २७ गते  सार्वजनिक बिदा दिने निर्णय गरेको छ। ८ गते मंगलबार बसेकाे नगर कार्यपालिकाको बैठकले नगरपालिका माताहतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख दिपकबाबु कंडेलले बताउनुभयो ।

‘नगरपालिका माताहतका कार्यालयहरू जस्तो नगरपालिकाकै कार्यालय, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा पुस ९ गते र  पाैष २७ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ’,   नगर प्रमुख कंडेल ले भन्नुभयाे । ‘प्रदेश र संघ सरकार अन्तर्गतका कार्यालयका लागि होइन, हाम्रो नगरपालिका माताहतका कार्यालयमा मात्र यो निर्णय लागु हुनेछ ।’

नेपाललाई धर्म निरपेक्ष राष्ट्र घाेषणा गरिएपनि संघ तथा प्रदेश सरकारले बिदा नदिएकाे तर यस नगरपालिकामा ठूलै संख्यामा क्रिश्चियन समुदाय रहेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले जानकारी दिनुभयाे ।

नगरपालिकाले गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  बैठकले नगरपालिका माताहतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयाे ।

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखाबाट नेपाल एकीकरणको जग बसालेका हुनाले उनको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

Back to top button
Skip Add