नगरपालिका बनेपछि पक्की सडक सञ्जालले जोडिदै–पालुङटार नगरपालिका

गोरखा संसार
पौष ७, गोरखा ।
पालुङटार नगरपालिका,

नगरपालिका बनेपछि पक्की सडक सञ्जालले जोडिएको छ । नगरपालिका बन्नु अघि गोरखा र तनहुँको सिमाना मस्र्याङदी नदीको पुलबाट नगर भित्रको केहि भू–भागमा मात्र पक्की सडक रहेको पालुङटार नगरपालिका, नगरपालिका बनेपछि पक्की सडक सञ्जालले जोडिएको हो । नगरपालिका बने पछि मात्र मध्य पहाडी लोक मार्ग अन्र्तगत भण्डारथोक (ओख्लेको पुल) ठाँटीपोखरी सडक पक्की बनेको छ । त्यस्तै लुईटेल भञ्ज्याङ, भच्चेक सडक खण्ड अन्तर्गत लुईटेल भञ्ज्याङबाट सिरानचोक गाउँपालिकाको सिमाना सम्मको सडक खण्ड पक्की भएको छ । त्यसरी नै बिमल नगर, मौवाटार, ठाँटीपोखरी, दुधपोखरी सडक खण्ड अन्तर्गत तीन किलोमीटर सडक पक्की भएको छ । त्यस्तै प्रदेश सरकारले पिच गर्न लागेको राधा कृष्ण, कालामाटा, पौवाटार हुँदै प्याउदी खोला सम्मको दश किलोमीटर सडक पक्की हुँदै छ । त्यस्तै पालुङटार नगरपालिकाको लगानीमा तल्लो मालतीगैरा देखी बड्डाँडा सम्मको सडक पक्की भएको छ । त्यस्तै मध्य पहाडी लोक मार्ग अन्तर्गत ठाँटीपोखरीबाट पूर्व तर्फको लुईटेल भञ्ज्याङ सातदोबाटे अन्तर्गत सडकको पिचको टेन्डर खुल्ने चरणमा रहेको छ । त्यसै गरी नगरपालिका भित्रका अधिकांश सडकहरु स्तर उन्नतीको चरणमा रहेका पालुङटार नगरपालिकाले जानकारी दिएको छ । सोहि अवसरमा नगरपालिकाले सबै वडा कार्यालयबाट नगरपालिकाको केन्द्र सम्म बाह्रैमास चल्न सक्ने गरी सडकको स्तर उन्नती गर्ने जनाएको छ । नगरपालिकाको कार्यालयमा काम लिन आउने गरेका सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर नगरपालिकाले नगर भित्रका सबै सडकहरुको स्तर उन्नती गरेर नगर बस सञ्चालन गर्ने नगरपालिकाको निती तथा कार्यक्रममा नै राखेको छ ।

Back to top button