३९ मध्ये १७ जनाको ओभरवोयट, खानपिनमा ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव

रविन्द्र कंडेल , गाेरखा संसार ।
पौैष ७, गोरखा ।
मानिसको खानपान र आनीबानी सुधार गरी स्वस्थ जीवनयापनका लागी स्वास्थ्य प्रवद्र्धन अभियान अन्तर्गत पालुङ्टार नगरपालिकाको वडा नं. ७ मा गरिएको परिक्षणबाट ३९ जनामध्ये १७ जनामा ओभरवोएट भएको देखिएको छ ।
स्वास्थ्य कार्यालय गोरखाको आयोजना र च्याङ्ली स्वास्थ्य चौकीको समन्वयमा सञ्चालित कार्यक्रम वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै स्वास्थ्य कार्यालय गोरखाकी प्रमुख विद्या तामाङ्ले कार्यक्रमको औचित्यका बारेमा प्रष्ट्याउनुभएको थियो । सोही अवसरमा उहाँले हरेक मानिसले स्वस्थ रहनको लागी उचित खानपानमा ध्यान दिनुपर्ने समेत बताउनुभएको थियो ।
सोही अवसरमा जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले उच्च रक्तचाप, आनीबानी सुधार, उचित खानपान लगायतका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा टोलविकास संस्थाका अध्यक्षहरु, स्थानीय बुद्धिजीबी लगायतकाको गरी ६० भन्दा बढीको उपस्थिति रहेको थियो भने उपस्थित हुनेहरुलाई निशुल्क रुपमा पिसाब तथा रगतबाट निशुल्क सुगर का साथै प्रोटिनको समेत जाँच गरिएको थियो । सहभागीहरुको तौल लिने, उचाई नाप्ने, तथा वि.एम.आई. हेरी पोषणको अवस्थाका बारेमा जानकारी गराइएको थियो ।
३९ जनामा गरिएको जाँचमध्ये १५ जनाको अवस्था सामान्य, १७ जनाको अवस्था अ‍ोभरवोएटर ७ जनाको अवस्था ओएविज रहेको च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले बताउनुभयो । समुदायमा सर्ने भन्दा नसर्ने रोगहरुको प्रकोेप बढदै गएकाले आम नागरिकलाई नियमित रुपमा आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्ने समेत पाण्डेले बताउनुभयो ।

Back to top button
Skip Add