

कविराज ढकाल , काठमाडौ नेपाल
मङ्लबार, मंसिर २४, २०७६ || पछिल्लो समयमा ब्यापक चर्चामा आएका गीतकार तथा गायक तेजश रेग्मी र बिष्णु माझीको स्वरमा लोकदोहोरी गीत ‘छोटो कपाल…’ सार्वजनिक भएको छ ।
गीतको शब्द तथा लय तेजश रेग्मीले नै गरेका हुन् । आशिष अविरलको सङ्गीत संयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
चर्चित निर्देशक तथा कोरियोग्राफर शिव विकको निर्देशनमा तयार गिएको भिडियोमा नायिका शुस्मा कार्की र मोडल दुर्गेश थापाको साथमा गोबिन्द भट्टराईलाई देख्न सकिन्छ। भिडियोको छायाँकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन प्रबिण भट्टले गरेका छन् ।
केही समय अगाडि आएको तेजश रेग्मीकै ‘पिडालु’ बोलको गीतले युट्युबमा असी लाख भन्दा धेरै भ्युज पाउदै दर्शक स्रोताहरुको मन जितिरहेको छ । भने भगेरी चरी पनि निकै चर्चामा छ |
भिडियो हेर्न को लागि
https://youtu.be/8ERkKRPmmiU
प्रतिकृया दिनुहोस