

जमैकाकी सुन्दरी टोनी-एन सिंह ले सन् २०१९ को मिस वर्ल्डको उपाधि जितेकी छिन् ।६९ औं संस्करणको लण्डनमा भएको समारोहमा जमैकाकी सुन्दरी १ सय ११ देशका सुन्दरीहरुलाई पछि पार्दै ‘मिस वर्ल्ड’ घोषित भइन् ।यस्तै मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप फ्रान्सकी सुन्दरी बनिन् भने भारतकी सुन्दरी सेकेन्ड रनरअप बनिन् ।नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भएकी थिइन् । उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पारिन् ।