लमजुङमा राइट फर राइटस अभियान को शुरुवात

गोरखा संसार
मंसीर २४, गोरखा ।
७१ औं विश्व मानव अधिकार दिवस को अवसर पारी देशैभर एम्नेष्टी इन्टरनेशनल नेपालले राइट फर राइटस अभियान को शुरु गरेको छ । जस अन्तर्गत विश्व मानव अधिकार दिवस डिसेम्बर १० का दिन पारी लम्जुङको सुन्दरबजारमा कार्यरत एम्नेष्टी इन्टरनेशनल समूह २७ लमजुङले पनि राइट फर राइटस अभियान अन्तर्गत हस्ताक्षर संकलन कार्यक्रम शुरु गरेको छ । समूह २७, लमजुङका संयोजक दिपक पौडेलको अध्यक्षतामा सम्पन्न भएको अभियानमा सचिव सौरभ थापाले सहजीकरण गर्नुभएको थियो ।
अभियानको शुरुवातमा एम्नेष्टी इन्टरनेशनल नेपाल समूह २७ का पूर्व संयोजक रामकृष्ण भण्डारी प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । त्यस्तै गरी कार्यक्रममा पूर्व संयोजक राजु के.सी. मातृभूमि क्याम्पसका क्याम्पस प्रमुख रामलाल श्रेष्ठ, लमजुङ कृषि क्याम्पसका युथ नेटवर्क का मानव अधिकार शिक्षा कोअर्डिनेटर आर.एन. चौधरी, समूह २७ का सहसचिव शुशीला ढकाल, आदर्श बाल मा.वि. कक्षा १२ कक्षाकी छात्रा पविना घिमिरे लगायतकाले एम्नेष्टीको अभियान राइट फर राइटस को बारेमा मन्तव्य राखेका थिए ।
आदर्श बाल मा.वि.को प्राङ्गणमा सञ्चालित हस्ताक्षर संकलन अभियानमा कक्षा ८ देखि १२ सम्मका छात्र छात्राहरु सहभागी भएका थिए । अभियान अन्तर्गत ७ हजार हस्ताक्षर संकलन गर्ने समूहका संयोजक पौडेलले जानकारी दिनुभयो ।

Back to top button
Close