४ बिद्यार्थीले पाए नगद ५/५ हजार, सत्यमोहन जाेशी २८ गते सम्मानित हुंदै

गाेरखा संसार,

मंसीर २४ गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङलीमा अबस्थित जीवन ज्याेति मा वि का ४ विद्यार्थीले नगद रू. ५/५ हजार पाएका छन । साेही बिद्यालयका पूर्व प्रधानाध्यापक स्व तुलसीमान श्रेष्ठको नाममा स्थापित तुलसीमान स्मृति पुरस्कार बापत उनीहरूले उक्त रकम पाएका हुन । साे पुरस्कार पाउनेहरूमा दिबस कुमाल कक्षा ८ , गणेश कुमाल कक्षा ९, टेक घले कक्षा ६, सिर्जना कुमाल कक्षा १२ रहेका छन । रकम संगै उनीहरूले प्रमाणपत्र समेत पाएका छन । गरीब तथा जेहेन्दार बिद्यार्थीहरूकाे पढाईमा सहज गराउने उदेश्यले पुरस्कार प्रदान गरिएकाे श्रेष्ठ का छाेरा निरज श्रेष्ठले बताउनुभयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त कुमार श्रेष्ठको उपस्थितिमा नगर प्रमुख ई दिपक बाबु कंडेलकाे हातबाट पुरस्कार प्रदान गरिएकाे थियोे । कार्यक्रममा प्रतिष्ठान का सदस्य अास कुमार श्रेष्ठको समेत उपस्थिति रहेकाे थियोे ।

तुलसीमान स्मृति प्रतिष्ठान मार्फत हरेक बर्ष बिभिन्न बिधामा पुरस्कार प्रदान गर्दै आएकाे छ । त्यस्तै यस बर्ष संस्कृतविद सत्यमोहन जोशीलाई तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोकसाहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

तुलसीमान श्रेष्ठ स्मृति समाजको हालै सम्पन्न बैठकले आगामि मङ्सीको २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहका बीच सताव्दी पुरुष जोशीलाई दोस्रो तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको समाजका सदस्य निरजमान श्रेष्ठले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाको हातबाट संस्कृतिविद जोशीलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको श्रेष्ठले बताए ।

पुरस्कारको राशी १५ हजार रुपैयाँको रहेको छ । यसअघि पहिलो पुरस्कार साहित्यकार प्राध्यापक चुडामणि बन्धुलाई प्रदान गरिएको थियो ।

Back to top button
Close