बुढीगण्डकी आयोजना समसया समाधानका लागि जुटे अधिकारी र लोहनी

राजेन्द्र न्यापाने
गोरखा, २४ मंसिर । बहुचर्चित १२०० मेगावाट क्षमताको बुढीगण्डकी आयोजना निर्माणका लागि गोरखा र धादिङबाट निर्वाचित सांसदहरु हरीराज अधिकारी र खेमराज लोहनी लागि परेका छन् । उनीहरुले उर्जा मन्त्री वर्षमान पुनसँग पटक पटक भेटघाट गरी आज दिउँसो १२ बजे सरोकारवाला पक्षसँग वार्ता गरी समस्याको समाधान गर्ने प्रयास जुटेका छन् । सञ्चार मन्त्रालयमा हुने उक्त छलफलमा यसमा उर्जा मन्त्री, बुढी गण्डकी प्रभावित क्षेत्रका साँसद, पूर्व साँसद, पालिका अध्यक्ष, वारीपारीका वडा अध्यक्षहरु, संघर्ष समितिका पदाधिकारी, सदस्यहरु, आयोजना प्रमुख, लगायत सरोकारवालाहरु सबै बसेर छलफल गर्ने कार्यक्रम रहेको गोरखाका साँसद हरीराज अधिकारीले बताए ।
आयोजनाका बारेमा उनले भने ः आरुघाट, खहरे, आर्खेत लगायतका स्थानको मुअब्जा निर्धारण गर्दा भएका समस्याहरुको समाधान गर्नका लागि आज उर्जा मन्त्रालयमा सरोकारवाला सबै पक्षसँग वार्ता गर्ने कार्यक्रम रहेको छ । धादिङ तर्फका साँसद खेम लोहनी र म आफै पटक पटक उर्जा मन्त्रीसँग भेट गरी आज दिउँसो १२ बजेका लागि समय निर्धारण गरेका छौं ।
आयोजनाले मुअब्जा सम्बन्धि जे निर्णय गर्यो त्यसमा जनताहरु सन्तुष्ट हुन सकेका छैनन् । ५० हजार देखि बढीमा आनाको ७ लाख सम्म दिने भन्ने छ, त्यो मिलेको छैन । जग्गा छनौटको प्रक्रिया पनि मिलेको छैन, थोरै जग्गा हुनेहरुले उक्त तोकिएको मुअब्जा लिदा उठिवास र सुकुम्बासि दुवै एकैपटक हुने स्थिति छ, देश र जनताका लागि आयोजना बन्दैछ, तिनै जनताहरुको समस्या समाधान हुनै पर्दछ । पुराना घरहरु त्यसै क्षेत्रमा छन् ह्रास कट्टी गर्दै जाने हो भने उल्टै जरिवाना तिर्नुपर्ने हुन्छ । हिजोका पुराना नियमहरु पल्टाएर मात्र हुँदैन । मुअब्जा पुर्ननिर्धारण , पुर्नवासका लगायतका सबै पक्षमा छलफल गरी समास्याको समाधान गर्ने र आयोजना समयमै सम्पन्न गर्ने लक्ष्यका लागि हामीहरु लागि परेका छौं ।

यसैगरी धादिङबाट निर्वाचित सो क्षेत्रका सांसद लोहनीले भने ः मुअब्जा निर्धारण ढिला गरेर भयो, अहिले भएको मुअब्जा निर्धारण थोरै भयो, त्यहाँ रहेका मानिसहरुको उठिवास हुने भयो, त्यहाँबाट उठेर गएपछि सरकार दिएको मुअब्जा लिएर अको गाउँमा पुर्नस्थापित हुने गाह्रो हुने भयो त्यस कारण सरकारलाई मुअब्जा पनि बढाईदिनु पर्यो, पुर्नस्थापनाका लागि राहतको पनि राम्रो व्यवस्था गरिदिनुपर्यो भन्नका लागि आज दिउँसो १२ बजे उर्जा मन्त्रालय गएर वार्ता गर्न लागेका छौं त्यसका लागि हामी जादैछौं । मुअब्जाका कुराहरु चित्त बुझ्दो छैन जनताहरु आन्दोलनमा छन् , तिनै जनताहरुको कुरा लिएर हामी वार्तामा बस्न लागेका हौं ।

Back to top button