बारपाक सुलिकोट गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगता सम्पन्न

गाेरखा संसार

गोरखा । बारपाक सुलिकोट गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगता सम्पन्न भएको छ ।

बारपाक सुलिकोट गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा शैलपुत्री मावि पाँचखुवा देउराली प्रथम भएको छ । प्रतियोगीता अन्तरगत भएको बिभिन्न खेलमा १२ स्वर्ण जित्दै उक्त बिद्यालय पहिलो भएको हो ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य चुडामणी खड्काले खेलकुद व्यक्ति लाई मात्र नभई राष्ट्रलाई चिनाउने एक शसक्त माध्यम भएको बताए । पहिलो हुने बिद्यालयले नगद ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ । ७ स्वर्ण पदक जित्दै सुर्य ज्योति मावि ताकुकोट दोस्रो भएको छ । उक्त बिद्यालयले नगद २० हजार पुरस्कारको साथमा ट्रफि र प्रमाणपत्र पाएको छ । प्रतियोगीतामा हिमालय मावि सौरपानीले तेस्रो स्थाना हासिल गरेको छ । ३ स्वर्ण पदक जित्दै उक्त बिद्यालयले नगद दश हजार पुरस्कार सहित प्रमाणपत्र पाएको भण्डारीले बताए । प्रतियोगितामा एथलेटिक्स, कवडी, भलिबल, रिले दौड लगायतका खेल भएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा कुल २८ स्वर्ण पदकका लागि गाउँपालिकाका दश माध्यामिक बिद्यालयको सहभागीता रहेको थियो । प्रतियोगीताका बिजेतालाइ आइतवार एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको छ । कार्यक्रमकै अवसरमा २०७५ सालमा शैक्षिक उपलब्धीको आधारमा सर्वाेकृष्ट भएका विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको भण्डारीले जानकारी दिए ।

पालिकाभर एसइइ र आधारभूत तहको परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल शैलपुत्री माविलाइ नगद दुइ लाख र ५० हजार नगद दिइएको छ । कक्षा १२ तर्फको परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल हिमालय मावि बारपाकले नगद ५० हजार पाएको छ । मंसिर २० गते बाट प्रतियोगीता शुरु भएको थियो ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य चुडामणी खड्का, गाउँपालिका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

Back to top button