जन्मनेबित्तिकै १ हजार सहित खाता खाेल्न थाल्यो नगरपालिकाले – सम्मान स्वरूप शेयर गरिदिनु हाेला ।

“नितान्त नयाँ अभियान मा जुटदै नगरपालिका “]

गाेरखा संसार

पालुङटार नगरपालिकाले बच्चा जन्मिएलगत्तै शिशुको नाममा बैंक खाता खोलिदिने भएको छ। नगरभित्रका हरेक बालवालिकाको बैंकमा खाता खोलेर नगद एक हजार रुपैयाँ जम्मा गरिदिने अभियान थालेको नगरप्रमुख दिपकबाबु कंडेलले बताए।यो सुविधा भने पालुङटार नगरपालिका भित्रका स्थायीवासीले मात्र पाउनेछन् भने बच्चा स्वास्थ्य संस्थामा जन्मेको हुनुपर्ने छ। हाल घरमै हुने असुरक्षित गर्भपतनलाई न्यूनिकरण गर्न यो अभियानले मद्धत पुग्ने अपेक्षा नगरपालिकाको छ। ‘स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरी चेतनाको स्तर बढाउन यो अभियानले मद्धत पुग्छ’ नगरप्रमुख कंडेलले भने।५ बर्षभित्र सम्पूर्ण नगरवासीलाई बैंकको पहुँचमा पुर्‍याउने र वित्तिय साक्षरता अभिबृद्धि गराउने उदेश्यले यो अभियान चलाइएको नगर प्रमुख दीपकबाबु कडेंलले बताए। ३५ दिनभित्रै जन्मदर्ता गराउने बानीको बिकास गर्ने योजना नगरपालिकाको छ। अहिले हरेक महिना जन्मिएका बच्चा मध्ये ५० प्रतिशतले मात्रै ३५ दिनभित्र जन्मदर्ता गराउने गरेका छन्।बैंक खाताले जन्मदर्ता समयमै गराउनेको संख्या र बानीको बिकास हुने नगर उपप्रमुख पम्फा बसेलले बताइन्। यो अभियान पालुङटार ४ बाट प्रभु बैंकमा खाता खोलेर सुरु भइसकेको छ। नगरपालिकाले चालु वर्ष १० लाख बिनियोजन गरेको मध्ये करिब चार लाख मात्रै खर्च हुने अनुमान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

Back to top button