
गोरखा संसार
मंसीर १६, गोरखा ।
शिक्षक सेवा आयोगको परीक्षामा सफल भई पालुङ्टार नगरपालिकामा आएका स्थायी शिक्षकहरुलाई आज एक कार्यक्रमका बीच स्वागत सहित नियुक्तिपत्र वितरण गरिएको छ । नगरपालिकाका नगरप्रमुख दिपक बाबु कंडेलको सभापतित्वमा एक औपचारिक कार्यक्रम गरी नियुक्तिपत्र प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख कंडेलले सवै शिक्षकहरुलाई कार्यक्षेत्रमा आफ्नो सक्षमता देखाउन निर्देशन समेत दिनुभयो । साेही अवसरमा उहाँले पेशागत मर्मलाई ख्याल गरि कर्तव्य पुरा गर्नुपर्छ, नदीहरुले बनाएको सबै भन्दा ठुलो टार हो यो पालुङटार l धेरै सम्भावनाले भरिपूर्ण रहेको यस लिगलिग कोट जहा नेपाल राज्यको स्थापना भए संगै दौडिएर राजा हुने ठाउ यस नगरीमा उच्च मनोबल, आकाक्षा र उत्साह उमंगका साथ् आउनुभएको छ, देशका भौगोलिक हिसाबले बिभिन्न ठाउवाट आएतापनि हामि सबै नेपाली हौ, नेपाली भावना संग जोडिएको यस माहोललाइ कसैले तोड्न सकिदैन, गर्वका साथ आत्मा साक्षी राखी भन्नुहोस म पालुङटारमा पढ़ाउछु अव आफ्ना बाबु नानीलाई राजधानीको स्कुलमा होइन पालुङटारको स्कुलमा पढाउनु पर्छ भन्ने परिवर्तन ल्याउनुहोस, भन्ने आह्वान सहित सामुदायिक बिद्यालयको सुधार हुनेछ भन्नेमा आशावादी रहेको भन्दै आफ्नो मन्त्यब्य राख्नुभएको थियो l शिक्षा शाखा पालुङ्टारका शाखा अधिकृत माधव पोख्रेलले सहजीकरण गर्नुभएको सो कार्यक्रममा शिक्षक महासंघ पालुङ्टारका अध्यक्ष चेतनाथ पन्तले स्वागत मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा नगर शिक्षा शाखाका प्रमुख बाबुराम काराखेतीले सम्पूर्ण शिक्षकहरुलाई स्वागत तथा कार्यकालको शुभकामनासहित नियुक्तिपत्र प्रदान गर्नुभएको थियो ।
नगर शिक्षा समितिका सदस्य एवं मिरकोट मा.वि.का प्रधानाध्यापक समेतको उपस्थितिमा सम्पूर्ण शिक्षकहरुलाई टिका तथा खादा लगाएर स्वागत गरिएको थियो ।
यस नगरपालिकामा ५० शिक्षकले प्रा.वि. तहमा स्थायी नियुक्ति लिएका छन् । जसमध्ये १२ जना स्थानीय महिलासहित ३९ जना र ११ जना पुरुष रहेका छन् । सवै शिक्षकहरु भोलिदेखि नै विद्यालय हाजिर हुने शिक्षा शाखाले जनाएको छ ।
कुन विद्यालयमा को पदस्थापन भयो त ? पूरा विवरणको लागी तल हेर्नुहोला ः