छैटौं पञ्चवली पूजामा साँस्कृतिक कार्यक्रम

गोरखा संसार
मंसीर १५, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीस्थित डोटीपिपलमा रहेको माइ मनकामना मन्दिर परिसरमा छैटौं पञ्चवली पूजा कार्यक्रम सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । माइ मनकामना टोलसुधार समितिका राजु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । मन्दिर निर्माणकर्ता भक्त बहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहनुभएकको थियो । प्रमुख अतिथि श्रेष्ठले यस मन्दिर संरक्षण एवं प्रवर्दनमा सहयोग गर्ने बताउनुभएको थियो । कार्यक्रममा गोरखा संसार मिडिया प्रा.लि.का सञ्चलाक रविन्द्र कंडेल, स्थानीय प्रकाश कुमाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
सोही अवसरमा आयोजना गरिएको नृत्य प्रतियोगितामा शिवानी थापा मगरले प्रथम स्थान हासिल गरि नगद रु.२००० हात पार्नुभएको थियो । त्यस्तै गरी रोशन सुनारले द्धितीय स्थान हासिल गरी नगद रु.१५०० ले तृतीय स्थान हासिल गरी सविना कुमालले नगद रु.१००० हात पारेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरु अमर गुरुङ, राजेश परियार लगायतकाको प्रस्तुति रहेको थियो ।
सो स्थानमा ६ वर्षअघि बृजलाल श्रेष्ठका छोराहरु भक्त बहादुर श्रेष्ठ र शिवलाल श्रेष्ठले आफ्नो व्यक्तिगत लगानीमै उक्त मन्दिरको स्थापना गरी हरेक बर्ष पञ्चमीका दिन पूजा लगाउनुका साथै पञ्चवली दिँदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker