पालुङ्टारमा पहिलोपटक आँखा उपचार केन्द्रको स्थापना

गाेरखा संसार

गोरखा, १० मङ्सिर २०७६ ।

गोरखाको पालुङटार नगरपालिकाले प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरिएको छ । स्थानीय बासिन्दाहरुको समस्यालाई मध्यनजर गर्दै आँखाको उपचारको लागि जिल्ला बाहिरका शहरहरुमा जाने समस्या बढ्दै गएपछि नगरपालिकाले उक्त नगरमा  पहिलोपटक आँखा उपचार केन्द्रको स्थापना गरेको हो ।

आँखा उपचारका लागी शहर बाहिरका अस्पतालहरु धाउन पर्ने छैन । हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग र पालुङटार नगरपालिकाको समन्वयमा एक कार्यक्रमका बिच पालुङटार नगरपालिका स्थित आयुर्वेदिक भबनमा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ।

पालुङटार नगरपालिकाका उप -मेयर पम्फा बसेलले उद्घाटन गर्नु हुदै ,आफूहरु नगरबासीको स्वास्थ्य उपचार प्रति संबेदनशील रहेको र जुनसुकै अबस्थामा पनि हातेमालो गर्न तयार रहेको बताउनु भयो ।

त्यसैगरी, हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर इन्द्र बहादुर महर्जनले आफूहरु नगरपालिकासङ्ग सहकार्य गर्दै अघि बढ्न चाहेको र त्यसको सुरुवात गरेको बताउनु भयो ।

Back to top button