द्रुत गतिमा कुदेका मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा तीन गम्भीर घाईते

गाेरखा संसार

२८ कार्तिक २०७६
आँबुखैरेनी गोरखा सडक खण्ड अन्र्तगत गोरखा नगरपालिका वडा नं. ११ को पन्द्रकिलो भन्ने ठाउँमा बिहिवार साँझ एम्बुलेन्समा र मोटरसाईकल ठोक्ँिदा चार जना घाइते भएका छन् । उनीहरुमध्य तीनजनाको अवस्था गम्भिर छ ।

आँबुखैरेनीतर्फबाट गोरखातर्फ आउँदै गरेको ग १ च ९८८५ नम्बरको एम्बुलेन्समा गोरखाबाट बाह्रकिलोतर्फ जाँदै गरेको बा ७६ प ६९११ र बा ६७ प ८७९३ नम्बरको दुइटा मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकलमा सवार चार जना घाईते भएका हुन् ।

गम्भीर घाईते हुनेहरुमा पालुङटार नगरपालिका १ का इन्द्रकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजेन्द्र श्रेष्ठ रहेका छन् भने अर्का घाइते सुशील श्रेष्ठको अवस्था सामान्य रहेको ट्राफिक प्रहरी टिका शर्माले बताए ।

टाउकोमा गम्भिर चोट लागेका घाईतेहरुको गोरखा अस्पतालमा समान्य उपचार गरी थप उपचारका लागि चितवन रिफर गरिएको छ । दु्रत गतिमा समानान्तर दिशामा गुडिरहँदा मोटरसाईकल र एम्बुलेन्स ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा छन्

Back to top button