गाेरखामा लाेपाेन्मुख सालककाे सेनाले उद्वार गर्याे

गोरखा – सदरमुकामको ठिगुरेश्वारा क्षेत्रमा फेला परेको सालकलाई नेपाली सेनाको एउटा टोलीले उद्वार गरेको छ । गोरखा नगरपालिका ९ को बोरकलोक फाँटको एक गोठमा फेला परेको उत्त सालकलाई ठिगुरेश्वारामा रहेको रणसिंह दल गणका नेपाली सेनाहरुको एक टोलीले उद्वार गरी डिभिजन बन कार्यालय गोरखालाई बुझाईएको गणपति उज्वल केसीले जानकारी दिनुभयो ।

 

‘फाँटमा सालक फेला परयो भन्ने जानकारी प्राप्त हुनासाथ हामीले एक टोली खटाएर सालकको उद्वार गरी बन कार्यालयलाई बुझाएका हौ’ गणपति केसीले भन्नुभयो ।
नेपालमा २ प्रकारको सालक पाईने डिभिजन बन कार्यालय गोरखाका सहायक बन अधिकृत होमबहादुर बल्छौडीले बताउनुभयो । ‘नेपालमा पाईने ईन्डियन र चाईनिज सालक मध्ये यो सालक भने ईन्डियन सालक हो’ सूचना अधिकारी बल्छौडीले भन्नुभयोे ।

 

आज बिहान फेला परेको यो सालक तामे सालकको रुपमा समेत चिन्न सकिन्छ । सालकको मुख्य आहारा भनेको कमिला, धमिरा र किरा फटेग्रा हो । लोपउन्मुख प्रजातिको सालकको अवैध सिकार हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वासमा सिकार गर्ने गरिन्छ ।

 

१ हजार मिटर देखी १ हजार २०० मिटर सालक पाईने गर्दछ । उद्वार गरीएको सालकलाई गोरखा नगरपालिकाको देउरालीमा रहेको राजदेवी सामुदायिक बनमा छाडिएको डिभिजन बन कार्यालय गोरखाले जानकारी दिएको छ ।

Back to top button