स्कुटर दुर्घटनामा १ काे मृत्य

तनहुँ

तनहुको बन्दिपुर गाउपालिका वडा न ४ बिमलनगरमा सोमबार दिउँसो ३:५० मा भएको दुर्घटनामा घाइते  २ जना  मध्ये १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार बर्ष ६० का ज्ञानु बानिया रहेको  प्रहरी चौकी डुम्रेले जनएको छ। उनको हिजो साझ उपचार को लागि काठमाडौं लाने क्रममा बाटो मा नै मृत्यु भएको हो । घाइते मध्ये अर्कोको काठमाडौं को ग्रान्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ।

सोमबार तनहुँको आबुखैरेनी बाट पोखरा तर्फ आउदै गरेको बा १४ च ९४०६ न को हाइलक्स जिप र डुम्रे बाट आबुखैरेनी तर्फ गइरहेको बा ६६ प ९३८४ नम्बरको स्कुटर एकआपसमा ठक्कर खादा तनहुँ को भानु नगरपालिका वडा न १ निबासी स्कुटर का चालक बर्ष २५ का अमृत बानिया र पछाडी सवार बर्ष ६० का ज्ञानु बानिया घाइते भएका थिए । उनीहरु नाताले आमा छोरा हुन् ।

घाइतेको तत्काल लक्ष्मि अस्पताल डुम्रेमा उपचार गरि थप उपचारका लागि काठमाडौं पठाइएको थियोे ।  जिपका चालक  नवलपरासी जिल्ला सुनवल १२ का कृष्ण छेत्री  प्रहरीको नियन्त्रणमा रहेको प्रहरी चौकी डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले  बताए ।

Back to top button