चितुवा प्रभावित क्षेत्र लाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

तनहुँ डुम्रे ।

तनहुँको भानु नगरपालिकाको चितुवा प्रभावित वडाहरु १,२,३ र ४ लाई संकटग्रस्त वडा घोषणा गर्न माग गरिएको छ । प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्वर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानको नेतृत्वमा आज ९विहिबार० गृहमन्त्री रामबहादुर थापा र गृह सचिव प्रेमकुमार राईलाई भेट गरि चितुवा प्रभावित भानु नपाका ४ वटा वडालाई संकटग्रस्त वडा घोषणा गरि नागरिकको जिउधनको सुरक्षा गर्न माग गरिएको हो ।

सांसद श्रेष्ठको नेतृत्वमा तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, भानु नपाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डे र डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले गृहमन्त्री थापा र गृहसचिव राई लाई भेट गरि चितुवा नियन्त्रणका लागि संघिय सरकारको तर्फबाट आवश्यक कदम चाल्न र नागरिकको जिउधनको सुरक्षाको लागि आवश्यक सबै उपायहरु अबलम्बन गर्न माग गरिएको सांसद श्रेष्ठले जानकारी दिए ।। भेटमा गृहमन्त्री र गृहसचिवले नागरिकको जिउधनको सुरक्षा गर्दै चितुवा नियन्त्रणकोलागि आवश्यक कदम चाल्ने बताए ।

चितुवाको आक्रमणबाट भानुको ४ वटा वडामा डेढ वर्षको अवधिमा ६ जना बालबालिकाको मृत्युु भईसकेको छ ।

Back to top button