कक्षा १२ का विद्यार्थीहरुले शुभकामना आदान प्रदान गर्दै

गोरखा संसार
गोरखा, कार्तिक ८ गते ।
पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित श्री जीवन ज्योति मा.वि. को कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कार्तिक ८ गते शुक्रबार  शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएका छन् ।
कक्षा १२ (२०७५ व्याच) ले गत वर्षहरुमा जस्तै यस वर्ष पनि कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुका लागी स्वागत कक्षा १२ उत्तीर्ण गरी सकेकाहरुलाई विदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम को आयोजना गरेको कक्षा १२ का छात्र रफिक मियाँले बताउनुभयो ।
स्वागत तथा विदाइ संगै नजिकिँदै गरेको दिपावली तथा छठको समेत शुभकामना आदान प्रदान गरिने सोही कक्षाकी छात्रा सिर्जना कुमालले बताउनुभयो । दशैंअघि नै कार्यक्रम गर्ने गरिएको भएतापनि यस पटक भने विद्यालय भवन बन्दै गरेको तथा अन्य विविध समस्याका कारण ढिला भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुको विभिन्न प्रस्तुतिहरु समेत रहने आयोजक कक्षा १२ ले जानकारी दिएका छन् ।
उक्त विद्यालयमा बाल कक्षा देखि १२ कक्षा सम्म करीब ९०० विद्यार्थीहरु अध्ययनरत छन् । हरेक बर्ष कक्षा १२ का विद्यार्थीहरुले कार्यक्रमको आयोजना गर्दै आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker