सिंगुसले टोकेर ६ जना घाइते

गोरखा पालुङटार वडा नं ४ मा नजिकैको जंगलमा गोठालो गएको बेला सिंगुसले टोकेर ६ जना स्थानीयवासी घाइते भएका छन ।

नजिकैको अल्का चिलाउने जंगलमा मध्यान्हमा माहुरी प्रजाति अरिङ्गाल जस्तो देखिने सिंगुसले टोकेको हो । टोकाइबाट घाइते हुनेमा सन्त बहादुर भट्ट, निर्मला विक, फुलमाँया गुरुङ, हेमकान्त रानाभाट, दिपक अधिकारी र सुनिल गुरुङ रहेका छन् ।घाइतेमध्य निर्मला र दीपकलाई थप उपचारका लागि भरतपुर अस्तपाल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker