धुवाँकोटमा लिडरसिप एवं पब्लिक स्पिकिङ तालिम सम्पन्न

गोरखा संसार
कार्तिक २, गोरखा ।
एकता बाल क्लबको चाहना, दिर्घायु र स्वस्थ जीवनको कामना भन्ने मूल नारासहित धुवाँकोटको नेवार समुदायको सत्तलमा लियो क्लब अफ काठमाण्डौ मखमली ३२५ बी नेपाल र एकता बाल क्लबद्धारा लिडरसिप एवं पब्लिक स्पिकिङ तालिम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना एकता बाल क्लबले गरेको थियो ।
क्लबका अध्यक्ष सुजित नहर्कीको अध्यक्षतामा भएको कार्यक्रममा ६२ जनाको सहभागिता रहेको थियो । क्लबले आफ्नो स्थापनाकालदेखि नै सिर्जनात्मक कार्यहरु गर्दै अघि बढेको क्लबकी सल्लाहाकार देवी नहर्कीले जानकारी दिनुभयो ।
बालबालिकाहरुलाई विकृति विसंगति बिरुद्ध सचेत गराउने र सक्षम एवं नेतृत्वदायी व्यक्तिहरु उत्पादन गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको सहजीकरण लियो क्लब मखमलीका अध्यक्ष दिलिप श्रेष्ठले गर्नुभएको थियो ।
साथै क्लबले शुभ दिपावली २०७६ को अवसरमा परम्परागत देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको सल्लाहाकार नहर्कीले बताउनुभयो ।

Back to top button