

गाेरखा संसार
यस युवा क्लव स्थापना काल देखि नै सामाजिक कार्यमा अग्रसर हुदै अघि वढिरहेको छ | समाजमा रहेका विकृति नराम्रा कृयाकलाप तिरस्कार गर्दै प्रगतिशिल समाज निर्माणको लागि निरन्तर लागि परेको यस क्लव समाजकै हक हितको लागि अघि वढिरहेको छ | विशेष दिवस पर्वहरुलाई लक्षित गरेर विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको यस क्लवले केहि हप्ता अगाडि विजया दशमिलाई लक्षित गरि आयोजना गरेको
“वृहत दशै विशेष सास्कृतिक एव् रमाईलो साझ 2076” सफलता पुर्वक सु-सम्पन्न भएको क्लवको अध्यक्ष कविराज ढकालले जानकारी गराऊनु भएको छ |
अव हाम्रो कार्यक्रम थोरै व्यापक र सामाजिक रुपमा परिचित हुनको लागि अझै थुप्रै किसिमका कृयाकलाप गर्नु पर्ने क्लवले जानकारी गराएको छ | पछिल्लो समयमा क्लवलाई अल्लि फराकिलो पार्दै विधालय क्षेत्रमा क्लवको कार्यक्रम गर्न आवश्यक रहेको देखिएको छ | यस सन्दर्भलाई मध्यनजर गर्दै कार्तिक 6 गते पर्न गएको विश्व दिगो विकास दिवसलाई लक्षित पार्दै पालुंगटार नगरपालिका मा रहेका सबै माध्यमिक विधालय समावेश गरेर “अन्तर नगर मा.वि स्तरिय वक्तृत्वकला प्रतियोगिता -2076” आयोजना गर्न लागिएको र वक्तृत्वकलाको शिर्षक “दिगो विकास प्राप्तिको लागि विधार्थीको भुमिका ” रहेको छ |
विधार्थीमा बोल्ने कलाको विकास , निडरशिप एवम् नेतृत्व शिपको विकास हुने मुख्य उदेश्यले कार्यक्रम आयोजना लागिएको छ भने कार्यक्रम स्थल श्री शारदा माध्यमिक विधालय पा.न.पा 2 चापाभन्ज्यागमा रहने छ |
उक्त कार्यक्रम गर्नको लागि पालुंगटार नगरपालिकाका नगर प्रमुख मेयर ई.दिपक बावु कडेल , नगर शिक्षा प्रमुख बावुराम काराखेति , पा.न.पा वडा न.2 का वडा अध्यक्ष लोकनाथ वाग्ले र कार्यक्रम स्थल श्री शारदा मा.वि का प्र.अ शिव शंखर देवकोटा सबैबाट कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको छ ।