हितेश बिरही बराम को दोश्रो गीति एल्बम मोहनी बोलीमा बजारमा

अभि गुरूङ, पालुङटार गोरखा l
मायालुको रुप राम्रो मन राम्रो मुसु मुसु हासेको झन राम्रो रातो लाली फुलबुट्टे चोलीमा सार्है मीठो शब्द र लयमा हितेश बिरही बराम को दोश्रो गीति एल्बम मोहनी बोलीमा बजारमा आएको छ l २ महिनाको नेपाल बसाइ पश्चात फेरी दुबई फिर्ता भएका हितेश बिरहीले रातो लाली फुलबुट्टे चोलीमा नामक गीत रेकर्ड गराएका थिए सो गीत हिन्दुहरुको महान चाड बिजया दशमीको अवसर पारि असोज १० गते माला श्री रेकर्डिङ गरि जलेश्वरी म्युजिक प्रा.लि. ले बजारमा रिलिज गराएको हो , जसमा स्वर हितेश बिरही बराम र सन्ध्या बुढा {काउली बुढी}को रहेको छ भने लय शब्द सर्जक सुर्य कुमार परियारले गर्नु भएको हो l जसमा मोडेलको भूमिकामा चर्चित गायक तथा मोडेल रामजी खाड हुनुहुन्छ भने रामजी खाडलाइ साथ दिएकी छिन् सुन्दरताकी खानि पुजन घिमिरेले भने निर्देशन मौसम हिमालीले गर्नुभएको छ l पछील्लो समयमा निकै चर्चामा रहन सफल गायिका बिष्णु माझिसंग हितेश बिरहीको बरामको स्वरमा निकै मार्मिक लोकदोहोरी गीत बियोगान्त कहानी भावना म्युजिक सोलुसन प्रा लि मार्फत दियालो एल्बम बजारमा सार्वजनिक गरिएको थियो भने उक्त गीतले युट्युबमा राम्रै भियुअर बनाएको थियो l आशा छ यस फुलबुट्टे चोली ले पनि धेरै दर्शक श्रोताको मन मुटुमा बस्न सफल हुनेछ भन्ने आशा लिएको छ l एक चोटी उक्त गीत हेरी सुझाव, सल्लाह र प्रतिक्रिया गरिदिनु होला l 

Back to top button
Close