चितुवाको आक्रमणबाट तनहुँको भानुमा फेरी अर्का एक बालकको मृत्यु

तनहुँ । बडादशैकै दिन चितुवाको आक्रमणबाट तनहुँको भानुमा एक बालकको मृत्यु भएको छ ।

मंगलबार साझ चितुवाको आक्रमणबाट घाइते भएका ४ वर्षीय आशिष बानियाँको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा साझ ७ बजे मृत्यु भएको हो ।

भानु नगरपालिका वडा नं १ जामुनेगैह्रा स्थित आफ्नै घर नजिक पिङ खेलिरहेका अवस्थामा साझ ५:३० बजे चितुवाले आक्रमण गरेको थियो ।

‘साझ आफ्नै घर नजिक टौवामा राखिएको पिङ खेल्दै गर्दा चितुवाले आक्रमण गरेको रैछ’ जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले भने ‘अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएछ ।’

पिङ राखिएको टौवा घरबाट करीब २ सय मिटरको दुरिमा रहेको प्रहरीले जनाएको छ ।

भानुमा फेरि चितुवाको आक्रमण भएको हो । यसअघि पनि भानु क्षेत्रमा पटक-पटक चितुवाले आक्रमण गर्दै आइरहेको छ ।

Back to top button
Close