पालुङ्टार ७ मा ने.क.पा.को सपथ ग्रहण तथा शुभकामना आदान प्रदान

गोरखा संसार
गोरखा, असोज १७
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा एक कार्यक्रमका बीच नेपाल कम्युनिष्ट पार्टीको सपथ ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
वडा समितिका अध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर पार्टी अध्यक्ष विवश चिन्तन अजय ले वडा समितिका अध्यक्ष सचिव सहित नवनिर्मित २९ सदस्यीय कार्यसमितिलाई सपथ ग्रहण गराउनुभएको थियो ।
बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा नव निर्वाचित वडा समितिको सचिवमा अर्जुन बहादुर पाण्डे रहनुभएको छ । त्यस्तै गरी अन्य सदस्यहरुमा चन्द्र बहादुर कुमाल, रण बहादुर कुमाल, आनन्द राज सिलवाल, जनक भट्ट, किनुमाया कुमाल, मिना कुमाल, हरि बहादुर थापा, सन्तोष थापा, इन्द्र बहादुर कुमाल, इन्द्र बहादुर खत्री, अमृता थापा, लुरे सार्की, काली बहादुर कुमाल, रामकृष्ण थापा, बुद्धि बहादुर कुमाल, देवीलाल कुमाल, कमल गुरुङ, महेन्द्र बहादुर कुमाल, उषा पाण्डे, धनमाया नेपाली, राममाया कुमाल, रमा माझी, सावित्रा कुमाल, भक्त बहादुर कुमाल, लेख बहादुर वि.क., धन बहादुर कुमाल र प्रेम बहादुर कुमाल रहेका छन् ।
सोही अवसरमा विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा शुुभकामना दिनेहरुमा विशिष्ट अतिथिको रुपमा नगर उपप्रमुख पम्फा बसेल, नेकपा गोरखा जिल्ला सदस्य सुमन आचार्य, नगर सचिव अमृत कालाखेती, वडा सदस्य देवीलाल कुमाल, जीवन ज्योति मा.वि.का प्रधानाध्यापक बद्री बहादुर पाण्डे लगायतका रहेका थिए ।

Back to top button
Skip Add