गोरखा केन्द्रविन्दू भएर भूकम्प 

४ असोज

। गोरखा केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रविन्दू भएर भूकम्प गएको हो ।
केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरीएको थियो ।
एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रविन्दू भएर एक भूकम्प गइसकेको छ ।

Back to top button