
अाफ्ना कामबाट अाफैँ सन्तुष्ट भए पाे देश बन्ला
हिंसाका रूपहरू परिवारबाटै गए पाे देश बन्ला
देखाउनकै लागि बनेका अापसी सम्बन्धहरूलाई
विश्वासका मायालु लेपनले हृदय जडे पाे देश बन्ला
थुपारेर सम्पति के अर्थ न जल्न नै पाउनुछ सँगसँगै
स्वार्थ त्यागेर स्वाभिमान जाेगाउन लडे पाे देश बन्ला
सभ्यता र राष्ट्रियता बाँचिरहे सार्थक छ जीवन हाम्राे
भ्रष्टाचार र कुरीतिका पर्खालहरू सडे पाे देश बन्ला
सत्यलाई ढाकेर छलकपटमा दुखाउन पल्केकाहरू हाे
पाशविकता हैन मानवताकाे बिज रहे पाे देश बन्ला
अम्बिका अर्याल
बूढानीलकण्ठ, काठमाडौ ।