समाजबादी पार्टी पालुङटारकाे अध्यक्षमा देवकाेटा

गोरखा । समाजवादी पार्टी गोरखाले स्थानीय तहमा समिति गठन गरेको छ ।पार्टीको पालुङटार नगरपालिकाको अध्यक्षमा अशोक देबकोटाकाे अध्यक्ष्ातामा  ४९ सदस्यिय समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष देबी माया गिरी, गणेश थापा, ईन्दिरा खाति रहेका छन् ।समितिको सचिबमा सन्तोष पोखरेल र सह सचिब दिपक घिमिरे तथा कोषाध्यक्ष शम्भु कौडाल चयन भएका छन्।

त्यस्तै आरुघाट गाउँपालिकाको अध्यक्षमा भोलाध्वज खडका चयन भएका छन् । जसको उपाध्यक्षमा राजेश्वर गुरुङ, कृष्ण बराम, कोषाध्यक्ष सतबहादुर गुरुङ, सचिव दयाराम खनाल रहेका छन् । सोही भेलाले ऋषि प्रसाद बडुको अध्यक्षतामा ५ सदस्यिय सल्लाहकार तथा संरक्षण समिति र हरीकुमार तामाङको अध्यक्षतामा १५ सदस्यिय समाजवादी युवा संघ गठन गरेको छ ।

नयाँ शक्ति पार्टी र संघिय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टीले जिल्लामा संगठन विस्तारलाई तिब्रता दिएको छ ।

Back to top button